स्वास्थ्य डायरी

ललितपुर – तिलगंगा सर्जिकल आँखा केन्द्र सेवाको दोस्राे वर्षमा प्रवेश गरेको छ। चापागाउँ र वरपरका क्षेत्रका जनतालाई गुणस्तरीय, किफायती र सबैका लागि पहुँचयोग्य आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित सन् २०२४ जनवरी १ मा स्थापना भएको यस केन्द्रले जीवनस्तर सुधार, प्रारम्भिक पहिचान र रोकथाममार्फत अन्धोपन न्यूनीकरणमा योगदान पु¥याउँदै आएको छ। दोस्राे वार्षिकोत्सव कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम व्यवस्थापक डा. मोहन कृष्ण श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, वडा नं. ११ का वडाध्यक्ष नील बहादुर देसार, वडा नं. २२ का वडाध्यक्ष सागर तुलाधर, विभिन्न वडाका वडाध्यक्ष, बज्रवाराही अस्पतालका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। तिलगंगा…

विस्तृतमा...

झापा- बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन् । नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घर घरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले बताइन् । उनका अनुसार चालू आव २०८२/८३ को पाँच महिनामा ४६ जना क्षयरोगका नयाँ सङ्क्रमित भेटिएका छन् । आव २०८१/८२ मा २१० जना, २०८०/८१ मा २०५ जना र २०७९/८० मा २०० जना क्षयरोगका संक्रमित फेला परेका थिए । नगर प्रमुख गोपाल बुढाथोकीले नगरपालिकालाई क्षयरोगमुक्त…

विस्तृतमा...

काठमाडौँ- वीर अस्पतालमा १०३ वर्षकी वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ। कोटेश्वर बस्ने १०३ वर्षकी वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएङ्को हो। अचेत अवस्थामा अस्पताल आएकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तश्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरियो, उपचारमा संलग्न चिकित्सक तथा न्यूरो सर्जरी विभागका प्रमुख प्रा डा राजीव झाले जानकारी दिए। “उनी अस्पताल आउँदा अचेत अवस्थामा थिइन्। विस्तृत जाँच परीक्षण पछि उनको मस्तिष्कमा धेरै ठूलो रक्तश्राव भइरहेको पत्ता लाग्यो र तुरुन्तै न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो”, डा झाले भने, “यस्तो उमेरमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो। न्यूरोसर्जरी विभागको टोलीले छलफल र बिरामीको परिवारसँगको परामर्शपछि शल्यक्रिया गर्ने…

विस्तृतमा...

गण्डकी- मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीका अनुसार जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । सामान्य प्रसूति सेवाका लागि प्रदेशभर ३६४ प्रसूति केन्द्र छन् । शल्यक्रियामार्फत प्रसूति सेवा दिने अस्पतालसँगै घरमै सुत्केरी गराउने क्रम घट्दै गएको महाशाखा प्रमुख केसीले बताए । सन् २०२२ को नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार गण्डकीमा संस्थागत प्रसूति दर ८९ प्रतिशत छ । जुन मुलुकको औसत ७९ प्रतिशतभन्दा बढी हो…

विस्तृतमा...

सिरहा- दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ । हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नयाँ नीति निर्माण गर्ने तयारी थालेको बताएकी छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गौतमले हालसम्म मानसिक स्वास्थ्यका लागि अलग नीति नरहेको उल्लेख गर्दै अब नयाँ नीति निर्माणलाई प्राथमिकतामा राखिएको स्पष्ट पारिन्। उनका अनुसार पुरानो स्वास्थ्य नीतिको संशोधन प्रक्रियाका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषय समेटिने अपेक्षा गरिएको भए पनि मन्त्रालयले छुट्टै मानसिक स्वास्थ्य नीति बनाउने निर्णय गरेको हो। यसका लागि आवश्यक तयारी थालिने पनि उनले जानकारी दिइन्। मन्त्री गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारसम्बन्धी…

विस्तृतमा...

काठमाडौं- विभिन्न माग राख्दै आमरण अनसनमा बसेका डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ। डाक्टर भुसाललाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले उनको जीवन रक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ। संघका अनुसार, “काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका डा. कमल भुसालको स्वास्थ्यमा विभिन्न समस्याहरू देखा परेकाले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको छ। डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारलाई हार्दिक अनुरोध गर्दछौं।” डा. भुसालले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका…

विस्तृतमा...

काठमाडौँ- गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन् । यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ । एक ३४ वर्षीया महिलाको दुई पटक गर्भपतन भइसकेको थियो । यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा थिइन् । ‘अहिले त जसरी पनि बच्चा हुनै पर्छ’ भन्ने…

विस्तृतमा...

बागलुङ- बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ । अस्पतालमा पढाइका लागि छुट्टै प्रयोगशाला बनाइने छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा चालु आर्थिक वर्षबाट नर्सिङ पढाई गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो । चालु आवमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्नका लागि रु ७० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस वर्ष नर्सिङको भर्ना प्रक्रिया सकिएकाले पूर्वाधार तयार गरेर आगामी वर्ष विद्यार्थी भर्ना गर्ने तयारीका लागि बजेट पठाइएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । कक्षाकोठा र प्रयोगशालालगायतको व्यवस्थापन भने चालु आर्थिक वर्षमै सकिने उनका…

विस्तृतमा...

सुनसरी- दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई-तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको महत्वपूर्ण माध्यम बनेको छ । गर्भवती र सुत्केरी महिलाका लागि यस्तो उद्धार धेरै जिल्लामा जीवन जोगाउने प्रमुख विकल्प बनेको छ । गत असोज २१ गते भोजपुरको रामप्रसादराई गाउँपालिका–१ ओख्रेबाट ३९ वर्षीया सुत्केरी महिला निर्मला राई र उनका नवजात शिशुलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । असोज महिनामा निरन्तर वर्षाका कारण बाटो भत्किएको र स्थलमार्गबाट अस्पताल लैजान नसकिने अवस्था थियो । सेनाको हेलिकप्टर उद्धारले जीवन र…

विस्तृतमा...