काठमाडौँ – ह्याम्स अस्पतालले मुटुरोगसम्बन्धी सम्पूर्ण जाँच, उपचार र शल्यक्रिया सेवा एउटै छानामुनि उपलब्ध गराउँदै आएको दाबी गरेको छ। अस्पतालका अनुसार मुटु रोगको पहिचानदेखि जटिल शल्यक्रियासम्मका सबै सेवा आधुनिक प्रविधिबाट सञ्चालन भइरहेका छन्। ह्याम्स अस्पतालको मुटु विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. रोशन रावतका अनुसार अस्पतालमा मुटु उपचारका दुई प्रमुख विधि अपनाइन्छन्। मुटुभित्र कुनै उपकरण नलगेर गरिने उपचार र मुटुभित्र तार वा डिभाइस प्रयोग गरेर गरिने उपचार। अस्पतालमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सेवा उपलब्ध छ। नन–इमेजिङ उपचारअन्तर्गत इसिजी, इको, रक्तचाप मापनलगायतका परीक्षण गरिन्छन्। २४ घण्टासम्म मेसिन जडान गरेर मुटुको चालको निगरानी गर्ने सुविधा पनि रहेको डा. रावतले…
स्वास्थ्य डायरी
काठमाडौँ - नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। डा. शेर्पा वीर अस्पतालमा मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् र यसअघि काउन्सिलका सदस्यसमेत रहेका थिए। हालै सम्पन्न मतगणनामा डा. शेर्पाले ५२३४ मत प्राप्त गर्दै उपाध्यक्षको पदमा जित हासिल गरेका छन्। उनका नजिकका प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४३५० मत पाए भने अर्का उम्मेदवार डा. अजयसिंह थापाले १८४४ मत प्राप्त गरे। सदस्य पदमा सबैभन्दा बढी मत डा. छविलाल पन्थीले ४८५७ मत पाए। डा. सारिका गोइत ४४७९, डा. दिपेन्द्र पाण्डे ४०१५, डा. योविन कुमार यादव ३६४८, डा. अस्मिता पोखरेल ३४०४, डा. सम्राट पराजुली ३२८२, डा. रबिन बस्नेत ३०७२ र निना राई ३१११…
काठमाडौं- नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्य चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ। आइतबार दिउँसो २ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म ११ हजार मत गणना भइसकेको छ। मंगलबार बिहान ११ बजेसम्मको मतगणना अपडेट अनुसार उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पाले ६६४ मतको अग्रता लिएका छन्। उनले हालसम्म ४ हजार ७ सय ६० मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन्। उपाध्यक्ष पदमा उनलाई पछ्याइरहेका डा. गुणशरण साहले ४ हजार ९६ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका डा. अजयसिंह थापाले १ हजार ६ सय ९२ मत प्राप्त गरेका छन्। यसैगरी, सदस्य पदतर्फ डा. छवि पन्थी अग्रस्थानमा छन्। उनले…
काठमाडौँ- निजामती कर्मचारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए । टाउकोमा चोटपटक लागेका गम्भीर प्रकारका बिरामीका उपचार सेवा प्रदान गर्न न्युरोसर्जरी सेवा सुरु गरिएको उनले बताए । न्युरोसर्जरीमा टाउकोको चोट, ट्युमर, ढाडको समस्या, स्ट्रोक जस्ता रोगको उपचार गरिन्छ । न्यूरोसर्जरी १५ वर्षभन्दा माथिको लागि उपचार गरिन्छ । न्युरोलोजिष्ट सेवाबाट भने बच्चाको मस्तिष्क, मेरुदण्ड, र स्नायु प्रणालीसम्बन्धी रोगको उपचार गरिन्छ । न्यूरोलोजिष्टमा बच्चाको टाउको दुख्ने, छारेरोग, पक्षघात अल्जाइमर, स्नायु कमजोरीजस्ता विभिन्न स्नायुजन्य उपचारको गरिन्छ । यस्तै अस्पतालले यसै वर्षदेखि निजामती कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रम…
सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहानै वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक थिए । उनको अनुहारमा खुसी प्रष्ट झल्किन्थ्यो । उमेरले ७२ नाघिसकेका विश्वकर्माको खुसीको कारण थियो, विगतमा भन्दा नजिकै स्वास्थ्य सेवा पाउनु । “पहिले सामान्य बिरामी हुँदा पनि १० किलोमिटर टाढा जानुपर्थ्याे । बिरामीभन्दा बढी उकालीे–ओराली हुँदै अप्ठ्यारो बाटोमा यात्रा गर्दा पीडा थपिन्थ्यो”, उनले भने, “अब त औषधिका लागि टाढा जानुपर्ने बाध्यता सकियो । वडा कार्यालयमै सेवा पाउने भएको छ ।” विश्वकर्मा मात्रै होइन, अब नाजिङ र गार्मा क्षेत्रका नागरिकलाई विगतको बाध्यताबाट केही भए पनि मुक्ति मिल्ने भएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम…
गण्डकी- गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याउने गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले जोखिममा रहेका गर्भवती र सुत्केरीको जीवनरक्षाका लागि हवाई उद्धार प्रभावकारी बनेको बताए । प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यविधि–२०८० अनुसार हवाई उद्धारसम्बन्धी सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । “सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि अर्थ मन्त्रालय पठाइएको बताएकी छन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोमबार भएको छलफलमा उनले बिमा प्रणालीलाई दिगो र प्रभावकारी बनाउन मन्त्रालयले तीव्र रूपमा गृहकार्य गरिरहेको जानकारी दिइन् । बिमा प्रक्रिया झन्झटिलो भएको स्वीकार गर्दै उनले यसलाई हटाउने भन्दा पनि व्यवस्थित बनाउन आफू लागिपरेको बताइन् । मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन र बिमा ऐनका कतिपय दफाहरू परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले बिमा बोर्डको स्थायी दरबन्दीका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)…
काठमाडौं – हृदयघात आज विश्वकै नम्बर वान ज्यान लिने रोगका रूपमा स्थापित भइसकेको छ । हाम्रो शरीरभरी रगत प्रवाह गर्ने मुटु नै अचानक काम गर्न छाड्दा केही मिनेटमै ज्यानसमेत जान सक्छ । समयमै उपचार पाएमा भने हृदयघात पूर्ण रूपमा नियन्त्रणयोग्य र ज्यान जोगाउन सकिने रोग भएको मुटुरोग विशेषज्ञहरूले बताएका छन् । ह्याम्स अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर दिवाकर शर्माका अनुसार मुटुमा रहेका तीनवटा प्रमुख रक्तनलीमध्ये कुनै एक नलीमा बोसोजन्य पदार्थ (फ्याट) जमेर रगतको प्रवाह बन्द भएमा त्यस अवस्थालाई हृदयघात (हार्ट अट्याक) भनिन्छ । के–के हुन् हृदयघातका प्रमुख कारण ? डाक्टर शर्माका अनुसार हृदयघातका प्रमुख जोखिम कारणहरू यस्ता छन्— यीमध्ये धेरैजसो…
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आफ्नो दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार र औषधि व्यवस्थापन जस्ता क्षेत्रमा महत्त्वपूर्ण नीतिगत उपलब्धि हासिल भएको बताएकी छन् । मन्त्रालयबाट भएका कार्यप्रगति सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफूले मुख्य प्राथमिकता दिएको उल्लेख गरेकी हुन् । कात्तिक ९ गते पदभार ग्रहण गरेकी गौतमले यी रणनीतिक कदमले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उपलब्धि विवरणअनुसार स्वास्थ्य बिमामा देखिएका चुनौती समाधानका लागि विज्ञ समिति गठन गरिएको छ भने बिमा बोर्डको स्थायी दरबन्दीका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को पूर्वस्वीकृति प्राप्त भई…
काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा आएको छ। बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)ले आइतबारबाट ओपीडी सेवा सुरु गरेको छ। बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित यस अस्पतालमा दुई हप्ताभित्र इन्डोर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरहरूद्वारा परामर्श सेवा, एक्स-रे, ईसीजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणसहित सबै डायग्नोस्टिक सुविधा उपलब्ध गराइएको छ। हाल ५० भन्दा बढी बेडको व्यवस्था गरिएको अस्पताललाई ६ महिनाभित्र १०० बेड र एक वर्षभित्र २०० बेडमा विस्तार गर्ने लक्ष्य लिइएको छ। डा. कोइरालाले काठमाडौंमा केन्द्रीय अस्पतालसहित सातै प्रदेशमा स्याटेलाइट…

