स्वास्थ्य डायरी

धनगढी – सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि नयाँ नियमित बिरामीलाई सेवा दिन नसक्ने जनाएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको सेती प्रादेशिक अस्पतालले जारी गरेको सूचनाअनुसार हाल अस्पतालमा २१ वटा डायलाइसिस शैयामार्फत २०० भन्दा बढी नियमित बिरामीलाई डायलाइसिस सेवा प्रदान भइरहेको छ । तर, बिरामीको संख्या अत्यधिक बढ्दै गएपछि अब इमरजेन्सीबाहेक नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा दिन सम्भव नभएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ । अस्पतालले २०८२ साल पौष २२ गते जारी गरेको सूचनामा डायलाइसिस सेवामा देखिएको चापका कारण तत्कालका लागि नयाँ नियमित बिरामी थप्न नसकिने जनाउँदै यसबारे सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ…

विस्तृतमा...

कैलाली- कैलालीको गेटा अस्पतालमा दूरबीन पद्धतिबाट शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले बुधबार पहिलो शल्यक्रिया गरिएको बताए। डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बुधबार डडेलधुराको अमरगढी नगरपालिका-९ ढाँटगाउँ स्थायी बसोबास भएर कैलालीको गोदवरीमा श्रीमान छाराछोरीसँग भाडामा बस्दै आएकी ४५ वर्षीया कमला दमाईको पित्तथैलीको शल्यक्रिया गरेको हो। दमाई लामो समयदेखि पित्तको थैलीको पथरीबाट पीडित थिइन्। डडेलधुराको अमरगढी नगरपालिका-९ ढाँटगाउँ स्थायी बसोबास भएकी दमाई कैलालीको गोदवरीमा श्रीमान छाराछोरीसँग भाडामा बस्दै आएकी थिइन्। ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादव, सर्जन डाक्टर विजय भट्ट, एनेस्थेसियोलोजिष्ट डाक्टर रोजी जोशी र नर्सद्वय रेबिका विष्ट र आरती भण्डारी सहितको स्वास्थ्यकर्मीको…

विस्तृतमा...

काठमाडौँ – नेपालमा पछिल्ला दशकहरूमा निजी क्षेत्रबाट अस्पताल सञ्चालन तीव्र रूपमा विस्तार भएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सीमित क्षमता, बढ्दो जनसङ्ख्या र स्वास्थ्यप्रतिको सचेतनाले निजी अस्पतालहरूको भूमिकालाई महत्वपूर्ण बनाएको छ । २०४० सालपछिको उदारीकरण नीतिपछि निजी क्षेत्र स्वास्थ्य सेवामा प्रवेश गर्न थालेको हो । राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य क्षेत्रमा निजी लगानीलाई प्रवद्र्धन गरेपछि स्वास्थ्य क्षेत्रमा निजी सहभागिता बढेर गएको छ । शुरुमा नर्सिङ होम र साना क्लिनिकबाट सुरु भएको निजी क्षेत्रको लगानी अहिले बहुविशेषज्ञ अस्पतालसम्म पुगेको छ । अहिले पनि भारतका एपोलो, मेदान्तजस्ता अस्पतालमा ५१ प्रतिशत विरामी नेपालबाट गएकाहरु नै हुने गरेको तथ्याङ्क छ । थाइल्याण्ड, सिंगापुरलगायतका…

विस्तृतमा...

विराटनगर- तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ। विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउँछ। चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस गर्छन्।…

विस्तृतमा...

काठमाडौँ- नेपालको दोस्रो अस्पताल आयुर्वेद चिकित्सालय नरदेवीले एकीकृत सेवा सञ्चालन गर्ने भएको छ । एकीकृत उपचार सेवा प्रवाह गरेर सेवाग्राहीको उपचारमा थप गुणस्तरता ल्याउने चिकित्सालयको तयारी रहेको छ । चिकित्सालयका निर्देशक डा.वासुदेव उपाध्यायले पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चर सेवालाई एकीकृत रुपमा सञ्चालन गर्ने बताए । नसा र हाडजोर्नीसम्बन्धी रोग उपचार सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चरलाई एकीकृत सेवा सञ्चालन गर्न थालिएको उनको भनाइ छ । सेवाग्रहीलाई न्यूनमत शुल्कमा ती सबै उपचार गर्ने उनले बताए । पञ्चकर्मले शरीरलाई शुद्ध पार्ने र सन्तुलन कायम गर्ने एक प्राचीन चिकित्सा पद्धति हो । जसमा शरीरका दोष (वात, पित्त, कफ) लाई बाहिर निकालेर…

विस्तृतमा...

काठमाडौँ- उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हाललाई यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै संघको माघ २ गतेदेखि सुरु हुने दुई चरणको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । डा. अजयकुमार मिश्र र डा. गणेश चौधरीसमेतले दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलास (इजलास नं. १३) ले यस्तो अन्तरिम आदेश दिएको हो । अदालतले नेपाल चिकित्सक संघले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गतको नियम ६ अनुसार पूरा भएको नदेखिएको ठहर गरेको छ ।…

विस्तृतमा...

डडेल्धुरा- संघीय सरकार मातहत सुदूरपश्चिमको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल भनेर चिनिएको डडेल्धुरा अस्पताल अहिले बिरामीका लागि उपचार केन्द्र होइन, दुःखको केन्द्र बनेको छ। पाँच महिनादेखि एक्स–रे सेवा ठप्प हुँदा सामान्य चोटपटकदेखि गम्भीर अवस्थाका बिरामीसम्म उपचारविहीन हुन बाध्य छन्। तर, अस्पताल डुबिरहेको बेला मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुधा देवकोटा भने अष्ट्रेलियामा मस्त रहेको आरोप लागिरहेकाे छ। डोटीको शिखर नगरपालिका–१० बानेडुङ्ग्रसैनका अर्जुननाथ योगी यसको ज्वलन्त उदाहरण हुन्। सडकमा हिँड्दै गर्दा मोटरसाइकलको ठक्करबाट खुट्टामा गम्भीर चोट लागेपछि परिवारले ६ हजार रुपैयाँ खर्चेर उनलाई डडेल्धुरा अस्पताल पुर्‍यायो। तर अस्पताल पुगेपछि चिकित्सकले ‘एक्स–रे सेवा नै छैन’ भन्दै उपचार असम्भव भएको बताए। अन्ततः घाइते योगी उपचार…

विस्तृतमा...

काठमाडौँ- जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए । न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन…

विस्तृतमा...

स्याङ्जा- स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नं २ लामडाँडामा आयोजित निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा ६१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङघद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, अर्जुनचौपारी गाँउपालिकाको आयोजना तथा डाक फाउन्डेशनको आर्थिक सहयोगमा यही पुस १५ र १६ गते सो स्थानमा दुई दिन निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार शिबिरमा ५७३ जनाको आँखा परीक्षण गरिएको थियो । शिबिरमा चश्मा आवश्यक देखिएका ७५ जना बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएका थियो । हिमालय आँखा अस्पतालकी नेत्र रोग विषेशज्ञ डा.कृष्णा गुरुङको…

विस्तृतमा...

दार्चुला- जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ । अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन् । चिसो मौसमसँगै बिरामीको सङ्ख्या बढ्न थाले पनि स्वास्थ्यकर्मीको अभावले सामान्य स्वास्थ्य जाँच गर्न समेत समस्या भइरहेको जेलर सरिता चन्दले जानकारी दिइन् । सामान्य बिरामी देखिँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । कारागारबाट करिब ५०० मिटर तल जिल्ला अस्पताल रहे पनि कार्यालयसँग सवारीसाधन नभएकाले सुरक्षाकर्मीको सहायतामा पैदलमार्फत अस्पताल लैजानुपर्ने अवस्था छ । “टाढा लैजानु नपरे पनि सामान्य जाँचका लागि पनि सुरक्षासहित अस्पताल जानु चुनौतीपूर्ण छ”, जेलर…

विस्तृतमा...