
भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको रु पाँच करोड र भक्तपुर नगरपालिकाको रु ६ करोड गरी कूल ११ करोड लागतमा मेसिन जडान गरिएको हो ।
भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित ख्वप अस्पतालमा आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले सिटीस्क्यान सेवाको उद्घाटन गरे ।
नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले नगरवासीका लागि सहज र गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको सिटीस्क्यान सेवाले अब महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।
अस्पतालमा अत्याधुनिक १२८ स्लाइसदेखि २५६ स्लाइस फोटो खिच्ने क्षमताको सिटीस्क्यान मेसिन सञ्चालनमा ल्याएको अस्पतालका निमित्त निर्देशक डा मजेस प्रताप मल्लले बताए ।


