स्वास्थ्य डायरी

भोजपुर- भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिइन् । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख बनमालीले बताए । उनका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइनेछ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाईसमेत यसपटक अनिवार्यरूपमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ । विद्यालय बाहिर रहेका १० देखि…

विस्तृतमा...

धुलिखेल- जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ भन्ने कार्यक्रमअन्तर्गत आजदेखि बुधबारदेखि अभियान सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं ६ बनखुको मगर गाउँमा रहेको बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्दै आगामी २८ गतेसम्म ४१ वटा केन्द्रबाट समुदायस्तरमा स्वास्थ्य परीक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने बताए । “समुदायमा लुकेर रहेका र स्वास्थ्य उपचारको दायरामा नआएका उच्च रक्तचाप र मधुमेहका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने काम…

विस्तृतमा...

सिरहा – क्यान्सर रोगको समयमै पहिचान र उपचारका लागि लहान नगरपालिकाले लहान क्यान्सर केयर सेन्टरसँग औपचारिक सम्झौता गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त अभियानको घोषणा गरेका हुन् । सम्झौता अनुसार लहान नगरपालिकाको २४ वटै वडामा गाउँगाउँ पुगेर क्यान्सर पहिचानसम्बन्धी शिविर सञ्चालन गरिनेछ । ती शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, निःशुल्क उपचार तथा आवश्यक परे थप उपचारका लागि समन्वय गरिने नगरप्रमुख चौधरीले जानकारी दिए । यसका लागि आवश्यक बजेटसमेत नगरपालिकाले व्यवस्था गरिसकेको छ । नगरप्रमुख चौधरीले भने, “क्यान्सर जस्तो गम्भीर रोग समयमै पहिचान भए उपचार सम्भव हुन्छ । त्यसैले नगरका सबै वडामा पुगेर निःशुल्क…

विस्तृतमा...

ललितपुर- विश्व क्यान्सर दिवसको अवसरमा ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले क्यान्सर बिरामीका लागि निःशुल्क सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। अस्पतालले विश्व क्यान्सर दिवसलाई लक्षित गर्दै माघ २१ गतेदेखि फागुन १६ गतेसम्म क्यान्सर बिरामीका लागि निःशुल्क क्यान्सर ओपीडी सेवा उपलब्ध गराउने घोषणा गरेको छ। साथै, उपचाररत क्यान्सर बिरामीका लागि क्यान्सर वार्डमा निःशुल्क बेड सुविधा पनि प्रदान गरिने अस्पतालले जनाएको छ। अनुभवी तथा भरपर्दा क्यान्सर विशेषज्ञहरूको टिमबाट उपचार तथा परामर्श पाउने यो अवसर क्यान्सर बिरामीका लागि महत्वपूर्ण हुने अस्पतालको विश्वास छ। क्यान्सर उपचारका लागि विश्वासिलो अस्पताल खोजिरहेका बिरामीलाई लक्षित गर्दै अस्पतालले सेवा लिन आग्रह गरेको छ। यसै अवसरमा बुधबार काठमाडौंमा क्यान्सर…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन् । बुधबार सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी हुन् । तत्काल १५ अर्ब रुपैयाँ व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुनसक्ने बताईन् । मन्त्री डा.गौतमले विद्यमान समस्या र अवस्थाको समाधान छलफल र सुझावले मात्र सम्भव नहुने भन्दै स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिन् । ‘शून्य बजेटमा २४ अर्ब दायित्व बोकेर स्वास्थ्य बीमा कार्यक्रम कसरी सञ्चालन हुन्छ ?’, मन्त्री गौतमले…

विस्तृतमा...

काठमाडौं- ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै गर्दा, क्यान्सर डर होइन समयमै उपचार गरे जित्न सकिने रोग भएको सन्देश पुनः स्थापित भएको छ। ललितपुरस्थित बीएण्डबी अस्पतालमा आयोजित कार्यक्रम तथा अन्तर्वार्तामा क्यान्सर विशेषज्ञ, नर्स र क्यान्सर पीडितहरूले एउटै स्वरमा भने- समयमै पहिचान र उपचार नै क्यान्सर जित्ने सबैभन्दा ठूलो हतियार हो। बीएण्डबी अस्पतालकी क्यान्सर स्तन शल्य चिकित्सक डा. बनीरा कार्कीले क्यान्सर दिवसको सन्दर्भमा भनिन्,‘युनाइटेड बाइ युनिक भन्ने नाराले हामी सबै फरक भए पनि क्यान्सर बिरामीलाई साथ दिन एकजुट हुनुपर्छ भन्ने सन्देश दिन्छ। क्यान्सर बिरामीले एक्लो महसुस गर्नु हुँदैन।’ उनका अनुसार क्यान्सर…

विस्तृतमा...

काठमाडौं- प्रधानमन्त्री सुशिला कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न र यसलाई प्रभावकारी रूपमा नियमन गर्न आवश्यक रहेको बताएकी छन्। बुधबार काठमाडौंमा आयोजित “स्वास्थ्य बीमाको वर्तमान अवस्था र भावी मार्गचित्र” सम्बन्धी छलफलमा उनले बीमा प्रणाली पुराना नेताहरूले सबैका लागि सोचेर लागू गरे पनि गरिब, निमुखा र वृद्धहरूले प्रभावकारी सुविधा पाउन सकेको छैन भनी चिन्ता व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘जसलाई दिनुपर्ने हो त्यसले पाउनुपर्छ। गरिब, निमुखा, वृद्धले पाओस् भन्ने सुनिश्चित गर्नु जरुरी छ। सबैलाई दिनु मात्रै पर्याप्त होइन। यो समस्या हाम्रो पालामा सुरु भएको होइन, पहिलाका नेताहरूले सबैका लागि सोचेर लागू गरेको होला। तर यदि यो एकद्वार प्रणालीबाट भएको भए अझ…

विस्तृतमा...

काठमाडौँ – विश्व क्यान्सर दिवसको अवसरमा चिकित्सकहरूले क्यान्सर अब ठूलाे रोग नभएको स्पष्ट गर्दै समयमै पहिचान, उपचार र सामूहिक साथ–सहयोगबाट अधिकांश क्यान्सर रोगीलाई बचाउन सकिने बताएका छन्। ‘विशेषतामा एकता’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व क्यान्सर दिवस मनाइँदै गर्दा चिकित्सकहरूले जनचेतना अभिवृद्धि नै क्यान्सरविरुद्धको सबैभन्दा ठूलो हतियार भएकोमा जोड दिएका छन्। नेपाल क्यान्सर अस्पतालका चिकित्सक डा. सुदीप श्रेष्ठले विश्व क्यान्सर दिवस जनचेतना फैलाउने उद्देश्यले मनाइने बताउँदै क्यान्सर पीडित एक्लो नभएको सन्देश दिन यो दिवस महत्वपूर्ण रहेको बताए। उनका अनुसार अहिले क्यान्सरको उपचार नेपालमै सम्भव भइसकेको छ। ‘हामी देशका विभिन्न ठाउँमा पुगेर जनचेतना फैलाइरहेका छौं। क्यान्सर पीडित एक्लै होइनन्, हामी…

विस्तृतमा...

कैलाली- कैलालीको धनगढीमा रहेको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा आगलागी भएको छ । मंगलबार राति डायग्नोस्टिकमा आगलागी भएको । सञ्चालक हरि धामीका अनुसार आगलागीका कारण डायग्नोस्टिकमा दुई करोड बढीको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । सरकारी मूल्यमै ल्यावका सम्पूर्ण सेवा दिने उद्येश्यसहित अघिल्लो वर्ष भदौदेखि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको थियो ।

विस्तृतमा...

काठमाडाैं- आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ । समयमै पहिचान हुनसके अनि उपचार भएमा क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने डाक्टरले बताएका छन् । कतिपय क्यान्सर शुरूआती उपचारबाट निको पनि हुन्छ । नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ । समय समयमा स्वास्थ्य जाँच नगराउने प्रवृत्तिले क्यान्सरको पहिचानमा समस्या र रोग जटिल अवस्थामा पुगेपछि गरिने उपचारमा लाग्ने खर्च महँगो छ । जाँडरक्सी र सुर्तीजन्य…

विस्तृतमा...