स्वास्थ्य डायरी

तनहुँ- तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीका अनुसार जिल्लाका दश स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यस्तै फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दुई हजार ६२५ जना किशोरीलाई एचपीभी खोप लगाइने दवाडीले बताए । हाल विद्यालय जाने कक्षा ६…

विस्तृतमा...

रुपन्देही- निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त १० देखि १५ शय्यासम्मको अस्पतालले मापदण्ड विपरीत गर्ने गरेको पाइएको हो । मापदण्डअनुसार स्थानीय तहबाट स्वीकृत प्राप्त अस्पतालहरुले आधारभूत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, सामान्य स्त्री तथा प्रसूति सेवा, सामान्य बालरोग सेवा र सामान्य दन्त सेवा मात्र सञ्चालन गर्न पाउँछन् । तर ती अस्पतालले मापदण्ड विपरीत सञ्चार माध्यममा विज्ञापन नै प्रकाशन प्रसारण गरेर जटिल प्रकारका हाडजोर्नी, मेरुदण्डको शल्यक्रियाबाट…

विस्तृतमा...

काठमाडौं- सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र नर्समाथि बिरामीका आफन्तले हातपात गरेका छन्। अस्पतालका अनुसार बिहिबार दिउँसो आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स र सुरक्षा गार्डमाथि बिरामीका आफन्तले कार्यकक्षमै हातपात गरेका हुन्। सिन्धुपाल्चोकबाट उपचारका लागि आएकी ८३ वर्षीया वृद्धाकी मृत्यु भएको भन्ने आरोपमा उनका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका निर्देशक डा. रवि मल्लले जानकारी दिए। यद्यपि बिरामी सकुशल रहेको बताइएको छ। बिरामीका आफन्तले चिकित्सक र नर्समाथि हातपात गर्नुका साथै तोडफोड पनि गरेका थिए। प्रहरीले घटना स्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक निसंखु–६ का हरिबहादुर गुरुङ र सुरज गुरुङ रहेका छन्।

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक अस्पताल र पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन गरेकी छन्। अनुगमनका क्रममा मन्त्री गौतमले दुवै अस्पतालको भौतिक पूर्वाधार, सेवा प्रवाहको अवस्था तथा बिरामीहरूको पहुँचबारे विस्तृत जानकारी लिएकी हुन्। अस्पताल प्रशासनसँग भएको छलफलमा मन्त्री गौतमले स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र बिरामीमैत्री बनाउन आवश्यक सुधारका कदम चाल्नुपर्नेमा जोड दिइन्। उनले सेवा प्रवाहमा देखिएका कमजोरी पहिचान गरी तत्काल सुधार योजना तयार गर्न निर्देशन पनि दिइन्। अनुगमनपछि मन्त्री गौतम र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच जनस्वास्थ्यका एजेन्डामा केन्द्रित विशेष भेटघाट सम्पन्न भएको छ। भेटघाटमा विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचसम्म पुर्‍याउन महानगरपालिकाले…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता तथा अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्। उनले स्रोत सुनिश्चित नगरी बीमा कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। मन्त्री गौतमले सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा जोड दिइन्। स्रोत सुनिश्चित…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप देशभरि नै लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताए । सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उनले बताए । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र…

विस्तृतमा...

झापा- झापामा एमबीबीएस अध्ययनरत एक विद्यार्थीले सिरिन्ज प्रहार गरी एक वृद्धको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सिरहाका २७ वर्षीय दीपेशकुमार सिंहले झापाको भद्रपुर नगरपालिका–१० निवासी ६६ वर्षीय खेमराज ढकालको ज्यान लिएका हुन्। झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिंह धरानमा बस्दै एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनी बुधबार भद्रपुर आएका थिए र एक होटलमा बास बसेका थिए। प्रहरीका अनुसार बिहीबार साँझ सिंहले ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज प्रहार गरेका थिए। त्यसपछि सिरिन्जभित्र रहेको रसायन शरीरभित्र पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिरिन्जमा भरिएको रसायन के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए।…

विस्तृतमा...

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको रकम भुक्तानी नगरे महानगरपालिकाले आफैँ उक्त रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमाबापतको रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले कथं कदाचित भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने उल्लेख गर्दै पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिन सरकारसँग आग्रह गरे। महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरपालिकालाई सुम्पेमा महानगरले नै उक्त दायित्व…

विस्तृतमा...

नेपालगन्ज- पश्चिम नेपालका विपन्न तथा गरिब बिरामीको आशा र भरोसाको केन्द्रका रूपमा चिनिँदै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर लगायतका गम्भीर रोगको पहिचान गर्ने हिस्टोप्याथोलोजी सेवा विस्तार गरिएको छ। शरीरको कुनै भागबाट सानो मासु (स्पेसिमेन) निकालेर माइक्रोस्कोपमार्फत रोगको अवस्था पहिचान गर्ने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ। यो सेवाबाट क्यान्सर तथा अन्य रोगको समयमै पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया पनि सहज र प्रभावकारी हुने अस्पतालले जनाएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, अस्पतालमै हिस्टोप्याथोलोजी सेवा सुरु भएसँगै अब क्यान्सर तथा अन्य जटिल रोगको पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ। यसअघि बाहिर पठाउँदा रिपोर्ट आउन लामो समय लाग्ने…

विस्तृतमा...

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएका छन् । तीमध्ये १७ जनालाई विषालु र पाँच सय ७० जनालाई विषरहित सर्पले टोकेको छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा आठ सय २७ जनालाई सर्पदंश लागेको थियो । यसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक…

विस्तृतमा...