बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका छ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिन नै चार हजार ६१७ जनालाई खोप लगाइएको छ । छुटेका बालबालिका र किशोरकिशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर…
स्वास्थ्य डायरी
काठमाडाैं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए । प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता…
काठमाडौं – नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ। यो सहमति नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपिसी) बीच भएको हो। सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। साथै, औषधि उत्पादन क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार र गोष्ठी सञ्चालन गरिनेछ। सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि उल्लेख छ।…
काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। उनी ५५ वर्षका थिए। लिम्बू लामो समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचार गराइरहेका थिए। साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार उनी केही महिनादेखि भारतमा उपचाररत थिए। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ। गाउँपालिकाले वडाध्यक्ष लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू स्थानीय तहको विकास, सेवा प्रवाह र समुदायका विभिन्न समस्याको समाधानमा निरन्तर सक्रिय रहँदै आएका…
काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले विश्व जलविन्दु सप्ताह तथा विश्व जलविन्दु दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाएको छ। प्रतिष्ठानले मार्च ७ देखि १४ तारिखसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बिरामीको अवस्था अनुसार निःशुल्क आँखा उपचार, परामर्श सेवा तथा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ। प्रत्येक वर्ष मार्च १२ तारिखलाई विश्वभर विश्व जलविन्दु दिवसका रूपमा मनाइन्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार जलविन्दु विश्वव्यापी रूपमा अन्धोपनको प्रमुख कारणहरूमध्ये एक हो। यो आँखासम्बन्धी यस्तो रोग हो जसले क्रमशः दृष्टि नसालाई क्षति पुर्याउँदै जान्छ। समयमै पहिचान र उपचार नभएमा यसले स्थायी अन्धोपनसमेत गराउन सक्छ। जलविन्दु रोगको सुरुआती चरणमा स्पष्ट लक्षण नदेखिने भएकाले…
दाङ- घोराही उपमहानगरपालिका–१६ सर्रास्थित लामो समयदेखि अलपत्र अवस्थामा रहेको बाल अस्पताल भवनको संरक्षण र सञ्चालनका लागि पहल गर्न माग गर्दै ‘घोराही बनाऔँ अभियान’ले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ। अभियानका संयोजक सविन प्रियाशनकको नेतृत्वमा गएको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालनमा आउन नसकेको बाल अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरेको हो। ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी पुनले बाल अस्पताल सञ्चालनको विषय अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। २०६६ सालमा स्थापना गरिएको उक्त बाल अस्पताल केही समय सञ्चालनमा आए पनि…
काठमाडौं – स्वास्थ्य विशेषज्ञहरूले बिहानको समयलाई मानसिक स्वास्थ्य सुदृढ बनाउन अत्यन्त महत्वपूर्ण मान्दै दिनको सुरुवात योग र ध्यानबाट गर्न सुझाव दिएका छन्। विशेषज्ञहरूका अनुसार बिहान उठ्ने बित्तिकै १० देखि १५ मिनेटसम्म योग र ध्यान अभ्यास गर्दा तनाव कम हुनुका साथै मन शान्त रहने र दिनभर मानसिक स्थिरता कायम राख्न मद्दत पुग्छ। स्वास्थ्य विज्ञहरूले नियमित ध्यान र योग अभ्यासले मस्तिष्कमा सकारात्मक रसायनहरूको स्तर बढाउने बताएका छन्। यसले चिन्ता कम गर्न, भावनात्मक सन्तुलन कायम राख्न र निर्णय क्षमता सुधार गर्न सहयोग पुर्याउँछ। नियमित अभ्यासले आत्मविश्वास बढाउने तथा मानसिक सतर्कता कायम राख्न पनि मद्दत गर्ने उनीहरूको भनाइ छ। विशेषज्ञका अनुसार ध्यान अभ्यासले मानसिक…
काठमाडौं – नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक क्षमता प्रदर्शन गर्न काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ। यो प्रदर्शनी नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा भइरहेको १०औँ संस्करण हो। ‘फार्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज बिहान विशेष समारोहमा गरिन्। तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टल राखिएका छन्। आयोजकका अनुसार यस पटक प्रदर्शनीमा विदेशी कम्पनीहरूको बाहुल्यता देखिएको छ। कुल स्टलमध्ये करिब ९० प्रतिशतभन्दा बढीमा विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री…
काठमाडौं- स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए। बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न/नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उने बताए । “केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उनले भने,“त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ ।” उनका अनुसार अस्पतालले बीमितसँग बिमा…
बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गरिने बताएका छन्। हेटौँडा अस्पतालमा थप २०० शय्याको विशिष्टकृत सेवा दिने नवनिर्मित भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले प्रमाणपत्र लिने समयसम्म यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गरिसक्ने लक्ष्य राखिएको बताए। “प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीहरूले प्रमाणपत्र लिने बेलासम्म यो विश्वविद्यालय बनिसकेको हुनेछ,” उनले भने, “यसका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।” मुख्यमन्त्री बानियाँले लोकतन्त्र गरिबमुखी व्यवस्था भएकाले गरिब नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य…

