

काठमाडौं – नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक क्षमता प्रदर्शन गर्न काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ। यो प्रदर्शनी नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा भइरहेको १०औँ संस्करण हो।
‘फार्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज बिहान विशेष समारोहमा गरिन्।

तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टल राखिएका छन्। आयोजकका अनुसार यस पटक प्रदर्शनीमा विदेशी कम्पनीहरूको बाहुल्यता देखिएको छ। कुल स्टलमध्ये करिब ९० प्रतिशतभन्दा बढीमा विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरी प्रदर्शन गरिरहेका छन्। बाँकी १० प्रतिशत स्टलमा स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनहरू प्राथमिकताका साथ राखिएका छन्।

नेपाल औषधि उत्पादक संघले नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन गर्न सकिन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा बढाउनु नै एक्स्पोको मुख्य उद्देश्य रहेको जनाएको छ।




![काठमाडौंमा सुरु भयो ‘नेपाल फर्मा एक्स्पो २०२६’[फाेटाेफिचर]](https://swasthyadiary.com/wp-content/uploads/2026/03/WhatsApp-Image-2026-03-12-at-13.29.23-1024x837.jpeg)