काठमाडौँ- राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच सोमबार राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले समझदारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए । “अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौँ”, उनले भने, “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ ।” उनले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता…
स्वास्थ्य डायरी
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी नियुक्त परेको छ । मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिए । समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त भएका छन् । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उनले बताए । यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त भएका छन् । यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको…
जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक कमल थानीले जानकारी दिए। प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबिबिएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो । जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताए। पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको…
काठमाडौं- महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबिच सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्राडा. दिलीप शर्माका बिच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो । कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताए । अस्पतालका निर्देशक प्राडा. शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि समयमा नै स्क्रिनिङ गर्नुपर्ने…
वीरगञ्ज – वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा भएको गम्भीर चिकित्सकीय लापरबाहीका कारण एक बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले कडा कारबाही गरेको छ। काउन्सिलले अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोजकुमार गुप्तालाई ६ महिनासम्म अन्य विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र काम गर्न पाउने (प्रोबेसन) निर्णय गरेको छ। काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देव अनुसार फागुन ११ र १२ गते बसेको पूर्ण बैठकले घटनाको विस्तृत अध्ययन, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान र विज्ञहरूको रायका आधारमा डा. गुप्तालाई कारबाही गर्ने निर्णय गरेको हो। काउन्सिलले यस निर्णयलाई बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकीय त्रुटिविरुद्धको सन्देशका रूपमा पनि लिएको जनाएको छ। २०८० कात्तिक १४ गते बाराका ३७…
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले निजी अस्पताल सञ्चालकलाई लाभ पुग्नेगरी प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ मा संशोधन गर्ने तयारी गरेको छ। सामाजिक विकास मन्त्रालयले फागुन ११ गते प्रदेशसभामा संशोधन मस्यौदा दर्ता गरेको छ। संशोधन मस्यौदामा ऐनको दफा २७ नै हटाउने प्रस्ताव गरिएको छ। दफा २७ अनुसार “सरकारी अस्पताल वा स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नसिङहोम वा स्वास्थ्य सम्बन्धित निजी व्यवसाय सञ्चालन गर्न पाइँदैन। यदि यसरी सञ्चालन भए स्थानान्तरणको लागि छ महिनासम्मको समय दिइने र तोकिएको समयमा स्थानान्तरण नगरे ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था रहेको छ। तर, मस्यौदामा भने दफा २७ हटाउने प्रस्ताव गरिएको छ।…
ओडिशा – भारतको कटकस्थित एससीबी मेडिकल कलेज एवं अस्पताल मा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालको ट्रमा केयर सेन्टरमा लागेको आगोका कारण यो मानवीय क्षति भएको हो। मोहनचरण माझी, ओडिशा का मुख्यमन्त्रीले प्रारम्भिक जानकारी दिँदै विद्युत् चुहावट (इलेक्ट्रिकल सर्ट सर्किट) का कारण आगलागी भएको हुनसक्ने बताएका छन्। उनका अनुसार ट्रमा केयर सेन्टरसँगै रहेको आईसीयूमा त्यतिबेला २३ जना बिरामी उपचाररत थिए। मुख्यमन्त्री माझीका अनुसार आगलागीको घटनामा सुरुमा सात जनाको मृत्यु भएको थियो। त्यसपछि आईसीयूमा रहेका बिरामीहरूलाई अन्य स्थानमा सारिएको थियो। तर स्थानान्तरणपछि थप तीन जनाको मृत्यु भएपछि मृतक संख्या १० पुगेको उनले जानकारी दिएका छन्।…
काठमाडौं – स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ । साथै पोस्ट गरिएको भिडियो यही चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्ने छ ।बोर्डका अनुसार, भिडियोको मूल्यांकन त्यसमा आउने लाइक,…
म्याग्दी- म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला र विदेशबाट समेत बिरामीहरूको ओइरो लागेको छ। अस्पतालको औषधि र लामो समयको उपचारबाट निको नभएका ग्यास्ट्रिक, बाथ, छाला सम्बन्धी समस्या, ढाड दुख्ने र पुराना चोटपटक निको हुने जनविश्वासका कारण यहाँ आउनेहरूको संख्या वार्षिक २० हजार नाघिसकेको छ। कपिलवस्तुका रामलाल चालिसे र चितवनकी चमेली घर्ती क्षेत्री जस्ता धेरै व्यक्तिहरू विगत १० वर्षदेखि नियमित रूपमा यहाँ आउने गरेका छन्। तातोपानीमा डुबेपछि ग्यास्ट्रिक र हाडजोर्नीको समस्या निको भएको उनीहरूको…
उदयपुर – उदयपुर जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी–रेबिज भ्याक्सिन) अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। सरकारी कोटाअनुसार उपलब्ध हुने खोपको आपूर्ति नहुँदा अस्पतालमा खोप सकिएको हो। अस्पतालमा विगत १५ दिनदेखि रेबिजविरुद्धको खोपको मौज्दात समाप्त भएको जनाइएको छ। खोप उपलब्ध नभएपछि अस्पताल प्रशासनले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि खोप सेवा स्थगित गरिएको जानकारी दिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा मार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र मा आउने खोप त्यहाँबाट जिल्ला अस्पतालमा पठाइने व्यवस्था छ। तर हालसम्म आवश्यक खोप प्राप्त नभएको अस्पतालले जनाएको छ। अस्पतालका प्रशासन प्रमुख भगवती खतिवडाका अनुसार खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश…

