काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालन भएको तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ फागुन २८ देखि ३० गतेसम्म सञ्चालन भएको यस एक्स्पोले नेपाली औषधि उद्योगको वर्तमान अवस्था, प्रविधिगत प्रगति तथा विश्वबजारमा विकसित भइरहेका नयाँ उपकरण र प्रविधिहरूलाई एकै थलोमा प्रस्तुत गरेको छ। यसअघि चितवनमा आयोजना हुँदै आएको फर्मा एक्स्पो यसपटक भने काठमाडौंमा आयोजना गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा करिब १२ हजारभन्दा बढीले अवलोकन गरेका छन्। प्रदर्शनीमा २०० भन्दा बढी स्टाल राखिएका थिए, जसमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको…
स्वास्थ्य डायरी
काठमाडौँ – किष्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र भारतको मेदान्त-गुरुग्राम बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य चिकित्सकहरूबीच अनुभव साटासाट गरी जटिल रोगहरूको उपचार र व्यवस्थापन सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा मेदान्तका वरिष्ठ निर्देशक कार्डियाक सर्जरी डा. सुरिन्दर बाजाज र चेयरम्यान न्युरोसाइन्स डा. भी. पी. सिंह विशेष उपस्थित थिए। उनीहरूले किष्टका चिकित्सकहरूसँग अन्तरक्रिया गर्दै आफ्नो दीर्घ अनुभव र विशेषज्ञता साझा गरेका थिए। कार्यक्रममा किष्टका १०० भन्दा बढी युवा चिकित्सक सहभागी थिए। अन्तरक्रियाका क्रममा चिकित्सकहरूबीच अनुभव आदान–प्रदान भएको थियो र जटिल क्लिनिकल केसहरूबारे संक्षिप्त छलफल पनि गरिएको थियो, जसले सहभागी…
काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त एक्स्पो शनिबार समापन भएको हो। यसअघि चितवनमा भएको यो प्रदर्शनी यस पटक भने काठमाडौँमा आयोजना गरिएको हो। एक्स्पोमा स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनका साथै विश्वबजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिएको थियो। नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन एक्स्पो आयोजना गरिएको जानकारी दिए। उनले भने, “विश्व परिवेशमा औषधि उत्पादनका…
काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका विषयमा निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ। केन्द्रविन्दुसँगको कुराकानीमा अध्यक्ष पदका उम्मेदवार डा. सञ्जीव तिवारीले निर्वाचन समितिले चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए। उनका अनुसार निर्वाचन समितिले यसै बुधबार सर्वपक्षीय बैठक बोलाएको छ। उक्त बैठकमा निर्वाचनको नयाँ मिति तय गर्ने विषयमा छलफल हुने र त्यसपछि समितिले स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। डा. तिवारीले भने, “निर्वाचन समितिले सर्वपक्षीय भेला बोलाएको छ। अब आउने बुधबार हुने बैठकमा निर्वाचनको मिति कहिले तय गर्ने भन्ने विषयमा छलफल हुन्छ र त्यसपछि समितिले हामीलाई एउटा खाका दिनुहुन्छ। सोही आधारमा निर्णय हुने…
कञ्चनपुर- विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो । नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत्ता लगाउने र आवश्यक उपचारको व्यवस्था मिलाइने भएको छ । गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीका…
काठमाडौँ – गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । ‘आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण सङ्कलन गरिहेका थियौँ । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ,’ प्रवक्ता डा. बुढाथोकीले भने । विवरणअनुसार गत असोज…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्। मन्त्री शर्माले आइतबार जिरी अस्पताल, रामेछाप अस्पताल र मन्थलीस्थित स्वास्थ्य संस्थाहरूको अनुगमन गरेकी हुन्। अनुगमनका क्रममा सम्बन्धित अस्पताल प्रशासनले संस्थाको हालको अवस्था, बिरामीहरूको बढ्दो चाप तथा सेवा प्रवाहमा देखिएका प्रशासनिक र प्राविधिक समस्याबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए। अस्पताल व्यवस्थापन पक्षले सीमित जनशक्ति, उपकरण अभाव तथा सेवा व्यवस्थापनका चुनौतीहरूबारे पनि मन्त्रीलाई अवगत गराएका थिए। सो अवसरमा उपस्थित सरोकारवालाहरूले दोलखा र रामेछाप जिल्लामा रहेको समग्र स्वास्थ्य सेवाको अवस्था, सेवामा देखिएका समस्याहरू तथा सुधार गर्नुपर्ने विषयहरूबारे मन्त्री शर्मासमक्ष धारणा राखेका थिए। अनुगमनका क्रममा…
काठमाडौं- नेपाल पाँच दशकभन्दा बढी समयदेखि रहेको अति कम विकसित मुलुक (एलडिसी) को श्रेणीबाट बाहिरिँदै २०२६ नोभेम्बर २४ मा विकासशील राष्ट्रको श्रेणीमा स्तरोन्नति हुने तय भएको छ। यो उपलब्धि आर्थिक तथा विकासको दृष्टिले सकारात्मक मानिए पनि औषधि क्षेत्रमा भने केही चुनौतीहरू देखिन सक्ने सरोकारवालाहरूले औंल्याएका छन्। फर्मा एक्स्पोका मिडिया कोर्डिनेटर शैलेश वैद्यका अनुसार नेपाल एलडिसी मुलुक भएकै कारण हालसम्म केही औषधिहरू अपेक्षाकृत सस्तो मूल्यमा उपलब्ध भइरहेका छन्। तर एलडिसीबाट स्तरोन्नति भएपछि बौद्धिक सम्पत्ति सम्बन्धी कडा कानुनी व्यवस्था लागू हुनसक्ने भएकाले औषधिको मूल्यमा प्रत्यक्ष प्रभाव पर्न सक्ने उनले बताए। उनका अनुसार नेपालमा अहिलेसम्म पूर्ण रूपमा व्यवस्थित बौद्धिक सम्पत्ति सम्बन्धी कानुन लागू…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिइन् । अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन नियमितजस्तै गरिरहेको छ । अहिलेसम्ममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको (जानकी किचेन) क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको (नमो फुड कोड) क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी हस्पिटल…
बाँके – क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धि नवीन प्रविधि र अनुभव आदान–प्रदान शैक्षिक कार्यक्रम आयोजना गरेको हो । ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा शाश्वत वर्माले ‘पेट–सिटीस् ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक…

