काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम समक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलले प्रतिवेदन मन्त्री समक्ष बुझाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । प्रतिवेदनमा खरिद गुरुयोजना, ई–जीपीको पूर्ण कार्यान्वयन र मन्त्रालयमा खरिद गरिएका उपकरणहरूको कम्तीमा पाँच वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता कुरा समेटिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । प्रतिवेदन बुझ्दै मन्त्री डा गौतमले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई कार्य योजना बनाएर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमा रहेका विगतका…
स्वास्थ्य डायरी
काठमाडौं – नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई आगामी पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन्। मंगलवार ललितपुरमा आयोजित नेपाल फार्मा एक्स्पो तथा औषधिमा आत्मनिर्भरता सम्बन्धी नीतिगत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले यसका लागि हालको २०३५ सालको औषधि ऐनलाई परिमार्जन गर्नु आवश्यक रहेको बताए। ‘हामी आयातमुखी औषधि ऐन बोकेर हिँडिरहेका छौं। औषधि ऐनलाई जनतामुखी बनाऔं। २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेको छैन, प्रशासनले पनि काम गर्न सकेको छैन। यदि औषधि ऐनमा नीतिगत सुधार गर्यौं भने हामी पाँच वर्षभित्र नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सक्छौं। ८० प्रतिशत औषधि हामी उत्पादन गरेर देखाउनेछौं,’ उनले बताए। अध्यक्ष…
जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौँ पठाइसकिएको अस्पताल प्रशासनले जनाएको छ । एक्स–रे सेवा नियमित सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिए । पटकपटक एक्स–रे सेवा र सिटीस्क्यान बिग्रँदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ ।
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे। मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन्। वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे…
सप्तरी- राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जनाइएको छ । डेन्टल विभागका डा दिपाली झाका अनुसार यहाँ उपचारका लागि आएको बिरामीलाई अस्पतालमा उपचार गरिरहेका बेला डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर तल आगो लागेको हो । सो क्रममा यहाँ रहेका अरु डेन्टल उपकरणमा बिस्तारै आगो लागेर फैलिएको उनले जानकारी दिइन् । अस्पतालका अनुसार आगलागीबाट तीन थान डेन्टल उपकरण, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा…
अष्ट्रेलिया- अष्ट्रेलियाली अनुसन्धानले कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले महिलामा आगामी चार वर्षभित्र स्तन क्यान्सर हुने जोखिम पहिचान गर्न सक्ने देखाएको छ। यसले भविष्यमा स्तन जाँचलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। अनुसन्धानमा करिब चार लाख महिलाको ‘म्यामोग्राम’ डाटा प्रयोग गरेर यो उपकरण विकास गरिएको थियो। त्यसपछि यसलाई लगभग ९६ हजार महिलामा परीक्षण गरिएको थियो। अध्ययनले यो उपकरणले परम्परागत विधिहरू जस्तै स्तन घनत्व, उमेर, पारिवारिक इतिहास र अन्य चिकित्सकीय तथ्याङ्कको तुलनामा क्यान्सरको जोखिम अझ सटीक रूपमा अनुमान गर्न सक्ने देखाएको छ। अध्ययनका अनुसार, उच्च जोखिम समूहमा पर्ने महिलामध्ये करिब १० प्रतिशतमा चार वर्षभित्र स्तन क्यान्सर पाइएको छ। यो उपकरणले…
काठमाडौं – पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो बनेको छ भने घामको किरण पनि स्पष्ट रूपमा देखिन सकेको छैन। बिहानैदेखि काठमाडौंको मौसम धुम्म देखिएको छ। दृश्य क्षमता घटेकाले यातायात सञ्चालनमा केही असर परेको छ भने हवाई उडानमा पनि सामान्य प्रभाव देखिएको छ। हावामा धुलोका सूक्ष्म कण र धुवाँको मात्रा बढेसँगै सर्वसाधारणले आँखा पोल्ने, घाँटी सुख्खा हुने तथा श्वासप्रश्वासमा असहजता महसुस गरिरहेका छन्। वातावरण विभागका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ। लामो समयदेखि हिउँदे वर्षा नभएको, सुक्खा मौसम कायम रहनु तथा देशका विभिन्न भागमा लागेको डढेलोबाट निस्किएको धुवाँ हावासँगै…
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता वायु प्रदूषण बढ्दै गएको छ। लामो समयदेखि वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिँदै जाँदा प्रदूषणको मात्रा पनि बढ्न थालेको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु र हावाको बहाव कमजोर हुनुका कारण उपत्यकाको आकाश धुम्मिएको छ, जसले प्रदूषण बढ्न मद्दत गरेको छ। “लामो समयदेखि वर्षा भएको छैन र हावा पनि चलेको छैन, त्यसैले केही दिनयता मौसम धुम्मिएको छ,” उनले भने, “गत वर्षको तुलनामा भने यस वर्ष प्रदूषण केही कम छ। वन डढेलो नलागेसम्म अत्यधिक प्रदूषण हुने सम्भावना छैन।” *एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार आइतबार मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क…
बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न गाउँमा दादुराको संक्रमण फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ अन्तर्गत पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरू भेटिएपछि सतर्कता अपनाइएको हो । स्थानीय स्वास्थ्यकर्मीका अनुसार हालसम्म करिब ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । तीमध्ये २२ जना बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालका अनुसार संक्रमण थप फैलिन नदिन नगर क्षेत्रका विद्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको छ । स्वास्थ्यकर्मीहरूले सङ्कलन गरेको पाँचवटा स्वाब नमुना परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमण…
ओखलढुङ्गा- प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन्। शहीद स्मृति आधारभूत विद्यालय सातसल्लेमा रहेको मतदान केन्द्रमा बिहान १० बजेसम्म एक जना पनि मतदाताले मतदान नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीका अनुसार बिहानदेखि मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नभएका कारण केन्द्रमा एक मत पनि खसेको छैन। मतदान अधिकृत पर्वासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक व्यवस्थापन सबै तयारी अवस्थामा भए पनि मतदाता नआएका कारण बिहानको समय शून्य मतदानमै बितेको हो। स्थानीयका अनुसार टोक्सेल क्षेत्रमा प्रादेशिक अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा…

