काठमाडौं – विश्व मृगौला दिवस २०२६ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मृगौला स्वास्थ्यसम्बन्धी सचेतना सन्देश सार्वजनिक गरेको छ। ‘स्वस्थ मृगौला सबैका लागि’ भन्ने नारासहित जारी गरिएको सन्देशमा दैनिक जीवनशैलीमा ध्यान दिएर मृगौलालाई स्वस्थ राख्न सकिने विभिन्न उपायहरूबारे जानकारी दिइएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार मृगौला मानव शरीरको अत्यन्त महत्वपूर्ण अंग हो, जसले शरीरमा रहेका हानिकारक पदार्थ फिल्टर गरेर बाहिर निकाल्ने काम गर्छ। मृगौलामा समस्या देखिए शरीरमा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने भएकाले समयमै सावधानी अपनाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ। सचेतना सन्देशमा मृगौला स्वास्थ्य जोगाउन नियमित रूपमा मधुमेह (डायबिटिज) र रक्तचाप (ब्लड…
स्वास्थ्य डायरी
बुटवल- विश्व मिर्गौँला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल र्याली गरिएको छ । ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल -याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा सम्पन्न साइकल र्यायाली कालिका मानविज्ञान विद्यालयबाट शुरू भएको थियो । र्याली बुटवल नगर परिक्रमा गरी रामनगर हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो । कार्यक्रममा नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा. शक्ति बस्नेतले विश्व परिवेशमानै मिर्गौला समस्या हुने सङ्ख्या बढ्दो…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन औषधि उद्योगहरूलाई व्यापक उत्पादन (म्यासिभ प्रोडक्सन) तर्फ लाग्न आग्रह गरेकी छन्। साथै नागरिकलाई सस्तो दरमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उद्योगहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नयाँ नीति ल्याउने घोषणा पनि गरेकी छन्। बिहीबार काठमाडौंमा आयोजित फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालमा औषधि उद्योगको उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताइन्। उनले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्। मन्त्री गौतमका अनुसार नेपालमा हाल करिब ८८ वटा औषधि उत्पादक कम्पनी सञ्चालनमा छन्, जसमध्ये करिब ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन…
सिरहा – यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैरचिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ । नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा.अजयकुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो । अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक तथा वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सक बिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको छ । ती क्लिनिकहरूमा केवल करिब साढे दुई वर्ष ‘डेन्टल हाइजेनिष्ट’ अध्ययन गरेका जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको छ…
बागलुङ – बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित बिरामीको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँका स्थानीयमा त्रास फैलिएको बताउँदै घिमिरेले आवश्यक सचेतना अपनाउन सबैलाई आग्रह गरे । कसैमा शङ्कास्पद लक्षण देखा परे तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै…
काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। नियमित एचपीभी खोप लगाउने दुई लाख १५ हजार ३१४ जना र गत वर्षको खोप अभियानमा छुट भएका २२ हजार ६४८ जना किशोरी रहेका छन् । शाखा प्रमुख डा गौतमका अनुसार अभियानमा नियमिततर्फ खोप लगाउने कक्षा ६ मा पढ्ने दुई लाख एक…
दाङ- काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट उपलब्ध हुँदै आएको उपचार सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्रदान गरिने भएको छ। मंगलबार दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार निजामती कर्मचारी र उनीहरूका आश्रित परिवारले निजामती कर्मचारी अस्पतालबाट पाउँदै आएका उपचार सुविधाहरू अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै प्राप्त गर्न सक्नेछन्। सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवार—बुवा, आमा, श्रीमान्/श्रीमती र २१ वर्ष मुनिका दुई सन्तान गरी बढीमा ६ जनाले उपचार…
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन्। २८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर हुने गरेको बताए। प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार गर्दै उनले सरकारका तर्फबाट क्षमा मागेका हुन्। उनले कुष्ठरोग प्रभावित व्यक्तिहरूले दैनिक जीवनमा आफ्नो हकअधिकार र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै त्यस आवाजलाई सम्मान गर्नुपर्नेमा…
काठमाडौं – प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि…
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका एक लाख ५० हजार बढी नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ । “चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ”, उनले भने, “सङ्क्रमण दर बर्सेनि बढ्दै जान थाले पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)…

