स्वास्थ्य डायरी

काठमाडौँ – सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण कानुनी प्रबन्ध समेटिएका तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपतिको कार्यालय पठाएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार सिफारिस गरिएका ती अध्यादेशहरू अहिले अध्ययनकै क्रममा रहेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा देखिएका जटिलता हटाउने र विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सरकार यो कदममा अघि बढेको बुझिएको छ। हाल नेपालमा ६ वटा संघीय र २ वटा प्रदेशस्तरीय गरी कुल ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।…

विस्तृतमा...

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य क्षेत्र सतर्क बनेको छ। जिल्ला अस्पतालमा उपचाररत एक बिरामीमा गरिएको स्वाब परीक्षणमा डेङ्गु संक्रमण पुष्टि भएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार डेङ्गु पोजिटिभ देखिएका बिरामी सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनार हुन्। उनी तीन दिनअघि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए। हाल सुनारलाई अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ। डेङ्गु पुष्टि भएसँगै केही दिन अझै निगरानीमा राखेर उपचार गरिने चिकित्सक तिवारीले जानकारी दिए। विशेष कुरा के छ भने संक्रमित सुनार हालसम्म जिल्ला बाहिर ननिस्किएको पाइएको छ। यसले हुम्लामै डेङ्गु संक्रमण फैलिएको…

विस्तृतमा...

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानी क्षेत्रमा अवैध रूपमा गर्भपतन गराउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ निवासी ४५ वर्षीय लालबाबु राय यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। सूचना अधिकारी तथा डिएसपी सरोज राईले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। नेपालको कानुनअनुसार महिलाले अधिकारप्राप्त तथा सूचीकृत स्वास्थ्य संस्थामा १० हप्तासम्मको गर्भ सुरक्षित रूपमा गर्भपतन गराउन पाउने व्यवस्था छ। यसका लागि सम्बन्धित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने प्रावधान रहेको छ। तर पक्राउ परेका यादवले…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अनुमति बिना अस्पतालमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने तथा अनावश्यक भिडभाड गरी उपचार प्रक्रियामा अवरोध पुर्‍याउने काम नगर्न सचेत गराएको हो। मन्त्रालयले पछिल्लो समय यस्ता गतिविधि बढेको भन्दै यसबाट बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर परेको जनाएको छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुनको उल्लङ्घन भएको मन्त्रालयको ठहर छ। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ ले उपचारमा बाधा पुर्‍याउन…

विस्तृतमा...

बाँके- बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास तथा दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् । घटनापछि चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गर्दै आन्दोलन सुरु गरेका थिए । तर, घटनामा संलग्नमध्ये एक जना पक्राउ परेपछि स्वास्थ्यकर्मीहरू पुनः नियमित ड्युटीमा फर्किएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले जानकारी दिए । डा. सुवेदीका अनुसार चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने दुई जनाविरुद्ध उजुरी दर्ता गरिएको छ । तीमध्ये एक जना पक्राउ परिसकेका छन् भने अर्का एक जना हाल किरिया बसेका कारण पक्राउ प्रक्रियामा नरहेको उनले बताए । सोमबार बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया…

विस्तृतमा...

चितवन- यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सहरूमध्येबाट…

विस्तृतमा...

नेपालगन्ज- भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूले आफूमाथि दुर्व्यवहार, हातपात र ज्यान मार्ने धम्की आएको भन्दै ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका बिरामीहरू मारमा परेका छन्। आन्दोलनका कारण पछिल्ला दुई दिनदेखि अस्पतालको ओपिडी सेवा पूर्ण रूपमा ठप्प रहेको छ। बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरकी ६० वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै चिकित्सकमाथि दुर्व्यवहार र हातपात गरेका थिए। सोही घटनापछि असुरक्षाको कारण देखाउँदै ओपिडी सेवा बन्द गरिएको भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीले जानकारी दिए। उनका अनुसार बिरामीलाई बचाउने प्रयासका बाबजुद मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि भौतिक आक्रमण र ज्यान मार्ने धम्की दिइएकाले सुरक्षाको…

विस्तृतमा...

काठमाडौं- बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले अत्याधुनिक हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन सञ्चालनमा ल्याएको छ। दाँतको इम्प्लान्टको अवटमेन्ट, क्राउन, ब्रिज लगाउनु पर्ने जस्ता उपचार सेवाका लागि केडीसीले यो अत्याधुनिक प्रविधि भित्र्याएको हो । यसअघि यस्ता सेवाका लागि केडीसीमा एल्जीनेट सामग्री प्रयोग गरी डेन्टल इम्प्रेसन लिने प्रचलन थियो। यस प्रक्रियामा ट्रे भित्र राखिएको इम्प्रेसन सामग्रीलाई बिरामीको मुख भित्र हालेर टोक्न लगाई नापो लिने गरिन्थ्यो । जसले असहजता, समय खर्च र कहिलेकाहीँ कम सटीकता जस्ता समस्या निम्त्याउने गरेको थियो। अहिले सञ्चानमा आएको हाइब्रिड डेन्टल सीएनसी मिलिङ मेसिन भने दन्त उपचारमा प्रयोग हुने कम्प्युटर एडेड डिजाइन तथा…

विस्तृतमा...

दाङ- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोग उपचार सेवा सुरु भएको छ। प्रतिष्ठानमा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेती कार्यरत भएसँगै इन्टरभेन्सनल कार्डियोलोजी सेवा सञ्चालनमा आएको हो। डा. उप्रेतीका अनुसार प्रतिष्ठानमा कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिस सेवा सुरु गरिएको छ। दाङमै पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सुरु भएको बताइएको छ, जसले मुटुको रक्तनलीमा समस्या भए–नभएको पहिचान गर्न महत्वपूर्ण सहयोग पुर्‍याउँछ। “हामीले मुटुको रक्तनलीको अवस्था जाँच गर्ने एन्जियोग्राफी सेवा सुरु गरेका छौँ,” डा. उप्रेतीले भने, “यसले मुटुरोगको सही पहिचान गर्न मद्दत गर्छ।” उनले आवश्यक थप उपकरण उपलब्ध भएमा हर्ट अट्याक भएका बिरामीको एन्जियोप्लास्टी सेवा पनि सञ्चालन गर्न सकिने जानकारी दिए। प्रतिष्ठानमा क्याथल्याब…

विस्तृतमा...

नेपालगञ्ज- बाँकेको भेरी अस्पतालका चिकित्सकहरू अस्पताल प्रशासनमाथि भएको दुर्व्यवहार र धम्कीको विरोधमा आन्दोलनमा उत्रिएका छन्। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीसहितका चिकित्सकमाथि हातपातको प्रयास, गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको घटनापछि उनीहरूले दोषीमाथि कडा कारबाही र सुरक्षा सुनिश्चितताको माग गरेका हुन्। जिल्लाको बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर सोमबार एक समूह डा. सुवेदीको कार्यकक्षमै पुगेको थियो। सो क्रममा उनीहरूमाथि हातपातको प्रयास गर्नुका साथै दुर्व्यवहार गरिएको अस्पताल प्रशासनले जनाएको छ। मंगलबार अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलगायतका चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिइएको उल्लेख छ। घटनापछि चिकित्सकहरू असुरक्षित महसुस गर्दै आन्दोलनमा उत्रिएका हुन्।…

विस्तृतमा...