काठमाडाैं- ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण तथा मध्यम कुपोषण जोखिमको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान सुरु गरेको हो। अभियानमार्फत स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। यही वैशाख १५ देखि प्रारम्भ भएको अभियान ७५३ वटै स्थानीय तहमा चल्नेछ। लेखाजोखा…
स्वास्थ्य डायरी
कैलाली – लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले नगरपालिकाले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यो मार्ग प्रशस्त भएको हो। अस्पताल स्तरोन्नतिको विषयमा स्थानीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबीच विवाद उत्पन्न भएको थियो। सोही विवादका बीच नगरपालिकाले चैत २४ गते सर्वोच्च अदालतमा उत्प्रेषण रिट दायर गर्दै अन्तरिम आदेश माग गरेको थियो। नगरपालिकाका तर्फबाट अधिवक्ता देवीकुमारी जोशीले दायर गरेको रिटमा प्रदेश सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समिति तथा त्यससँग सम्बन्धित निर्णय, कामकारबाही र पत्राचार कार्यान्वयन नगर्न नगराउन माग गरिएको थियो। साथै अस्पताल क्षेत्रसँग सम्बन्धित गतिविधिमा अनावश्यक हुलहुज्जत र…
गण्डकी- प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरू हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ। गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको सहकार्यमा गोरखाको आँपपिपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरू गर्ने निर्णय गरेको थियो। स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले एचए र स्टाफ नर्सको पढाइ सञ्चालनका लागि तदारूकताका साथ तयारी अगाडि बढाउने निर्णय गरेको मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगको विषयमा गम्भीर ध्यान दिँदै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्। जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत इन्धन लिने गरिएको तथ्य बाहिर आएपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई विस्तृत अनुसन्धान गर्न निर्देशन दिएकी हुन्। उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा र मातहतका निकायका थप ६ वटा गरी कुल २४ वटा सवारी साधन जलेका थिए। तीमध्ये अधिकांश सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्। तर, यिनै काम नलाग्ने सवारी साधनको विवरण देखाएर कर्मचारीहरूले निरन्तर इन्धन सुविधा लिँदै आएको…
महोत्तरी- मधेसको बर्दिवासमा मेडिकल कलेज बन्ने करिब एक दशकको सपना साकार हुने आस जागेको छ । आर्थिक वर्ष २०७४/७५ मा सङ्घीय सरकारको बजेटमा सम्बोधन गरिएपछि सँगालिएको बर्दिबास मेडिकल कलेज निर्माणको सपना करिब एक दशकपछि आसलाग्दो गरी गति लिएपछि नगरक्षेत्रमा उत्साह बढेको हो । “प्रक्रियाले अन्तिम रूप लिएको छ”, बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले भने, “योसँगै यहाँ मेडिकल कलेज बन्ने सपना पूरा हुने भयो ।” कलेज निर्माणका लागि प्रस्तावित बर्दिबास–४ माईस्थान वनक्षेत्रको ५४ दशमलव ५८४ हेक्टर जग्गाको सट्टा भर्ना रकम वन विकास कोषमा जम्मा गर्न डिभिजन वन कार्यालय महोत्तरीले लागत अनुमान रकम यकिन गरेर वन तथा भू–संरक्षण विभागमा पत्राचार गरेसँगै प्रक्रिया निर्णायक…
बागलुङ- बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो । २०८० असार २० गते सम्पन्न गर्ने गरी २०७८ असारमा निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थियो…
काठमाडौँ – सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज उक्त फैसला गरेको हो। “अदालतले मुलुकी देवानी संहिता ऐन, २०७४ मा रहेको कुष्ठरोगसम्बन्धी व्यवस्था अदालतले खारेज गरेको हो”, सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “कुष्ठरोग पहिले निको नहुने र घातक रोगको रूपमा रहे पनि अहिले उपचारपछि निको भएर मानिस सामान्य अवस्थामा फर्किन सक्छ भन्ने दृष्टिकोणका साथ उक्त कानुनी व्यवस्था खारेज हुने निर्णय भएको हो ।” अधिवक्ता प्रल्हाद महतलगायतले कुष्ठरोग निको हुने…
काठमाडौँ – सरकारले देशभरिका बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बालबालिकाको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाउन उक्त अभियान सुरु गरिने बताए। ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने अभियान सञ्चालन गरिने उनको भनाइ छ। अभियान यही वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ। यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र…
काठमाडौं- सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै वैशाख महिनाभर ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक सबै खोप सुनिश्चित गर्न यो अभियान अघि बढाइएको हो। अभियान अन्तर्गत १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप प्रदान गरिने जनाइएको छ। सरकारले यसअघि मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्यांक संकलन गरेको थियो। उपलब्ध तथ्यांकअनुसार नेपालमा करिब ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप पाएका छन् भने १० प्रतिशत बालबालिका अझै सबै खोपबाट वञ्चित छन्। त्यसमध्ये करिब १…
काठमाडौं- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ। पोखरा, कास्कीमा सम्पन्न महाधिवेशनले निरज पन्तको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा सीताराम खड्का चयन भएका छन् भने उपाध्यक्षहरूमा गणेश शाह र विष्णु ढकाल रहेका छन्। त्यसैगरी महासचिवमा दिगम्बर राज पाण्डे, सचिवहरूमा किरण अधिकारी, गोविन्द प्रसाद जोशी र शम्भु श्रीवास्तव चयन भएका छन्। कोषाध्यक्षमा सुदर्शन ढकाल र सह–कोषाध्यक्षमा चिरञ्जीवीलाल कर्ण निर्वाचित भएका छन्।

