स्वास्थ्य डायरी

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। अध्यक्षमा नियुक्त भएपछि पाण्डेले डडेल्धुरा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। अस्पताल विकास समितिको नेतृत्वमा पाण्डेको नियुक्तिसँगै अस्पतालको व्यवस्थापन, सेवा प्रवाह तथा गुणस्तर सुधारका क्षेत्रमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।

विस्तृतमा...

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो। नियुक्तिसँगै उनको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन,आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विस्तृतमा...

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो। अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो।

विस्तृतमा...

काठमाडौँ । देशभर ९ हजार जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ। सल्यानको दार्मा गाउँपालिकाबाट सुरु भएको संक्रमण हाल ७४ जिल्लामा फैलिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ। दार्मा गाउँपालिकामा मात्रै करिब ६ सय जनामा संक्रमण देखिएको छ भने एक महिनाको अवधिमा १२ वर्षीय बालकदेखि ८२ वर्षसम्मका ८ जनाको मृत्यु भएको छ। गाउँपालिकाका ६ वटै वडामा संक्रमण फैलिएको जनाइएको छ। अन्य जिल्लामा भने स्क्रब टाइफसका कारण मृत्यु भएको विवरण प्राप्त नभएको जनाइएको छ। दार्मामा पछिल्लो एक महिनायता संक्रमण तीव्र रूपमा फैलिएको हो। ईडीसीडीको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालमा प्रत्येक वर्ष स्क्रब…

विस्तृतमा...

काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद् नेपालले तोकिएको सेवा स्तर तथा सञ्चालन मापदण्ड पालना नगर्ने आयुर्वेद स्वास्थ्य संस्थामाथि कारबाही थालेको छ। परिषद्ले नियमित निरीक्षण तथा स्थलगत अनुगमनका क्रममा काठमाडौँको बुढानीलकण्ठ–८, गणेश चोकमा सञ्चालित एक आयुर्वेद स्वास्थ्य संस्थाले तोकिएको मापदण्डअनुसार सेवा सञ्चालन नगरेको पाएपछि केही दिनअघि उक्त संस्था बन्द गराएको जनाएको छ। परिषद्का रजिस्ट्रार डा. हरिशरण अर्यालद्वारा जारी सूचनामा तोकिएको मापदण्ड पूरा गरी सञ्चालन भएका आयुर्वेद स्वास्थ्य संस्थालाई प्रोत्साहन गरिने उल्लेख छ। तर, सुझाव दिँदासमेत अटेर गरी मापदण्डविपरीत सञ्चालन भइरहेका संस्थालाई क्रमशः बन्द गर्न परिषद् बाध्य हुने चेतावनी दिइएको छ। परिषद्ले आयुर्वेद स्वास्थ्य संस्थाहरूलाई ‘सेवा स्तर तथा सञ्चालन मापदण्ड निर्देशिका’ अनुसार मात्रै…

विस्तृतमा...

काठमाडौँ । प्रोत्साहन भत्ता, समान सेवा–सुविधालगायत माग सम्बोधन नभएको भन्दै कर्णाली प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। ‘छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्ष समिति, कर्णाली प्रदेश’ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागप्रति पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको जनाएको हो। समितिका संयोजक डा. विशाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २४ घण्टे समयसीमा दिएर माग सम्बोधन गर्न आग्रह गरिए पनि त्यसको समेत बेवास्ता भएकाले आन्दोलन घोषणा गर्नुपरेको उल्लेख छ। समितिले आफ्ना माग तत्काल सम्बोधन गर्न नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग माग गरेको छ। आन्दोलनको पहिलो चरणअन्तर्गत असोज १६…

विस्तृतमा...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । विगतका वर्षमा महानगरपालिकाले स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाट सञ्चालन हुने खोप कार्यक्रमको मात्र सुक्ष्म कार्ययोजना तयार गर्ने गरेको थियो । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका स्थानीय स्रोत व्यक्ति मैयाँ सैँजुका अनुसार यस वर्षदेखि भने महानगरपालिका आफैँले नियमित खोप कार्यक्रम तथा खोपबाट बचाउन सकिने रोग खोज्ने र समीक्षा गर्दै नयाँ खोप तथा रोगका बारेमा जानकारी, सरसफाइ प्रवर्द्धन तथा सुक्ष्म कार्ययोजना अद्यावधिक गर्ने छ । कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । कार्यक्रम मङ्गलबारदेखि महानगरपालिकाभित्र सञ्चालित…

विस्तृतमा...

धनगढी । सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफर केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा २१ दिनदेखि सिटी स्क्यान सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्। सिटी स्क्यान मेसिनको पार्टपुर्जा बिग्रिएपछि सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ। प्रदेशका नौवटै जिल्लाबाट उपचारका लागि बिरामी आउने सेती अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा विशेषगरी आर्थिक अवस्था कमजोर तथा विपन्न नागरिक थप समस्यामा परेका छन्। अस्पतालमा दैनिक १ हजार २ सयदेखि १ हजार ५ सयसम्म बिरामीले विभिन्न सेवा लिँदै आएका छन्। तीमध्ये दैनिक करिब २० जनाले सिटी स्क्यान सेवा लिने गरेको अस्पतालको तथ्यांक छ। सिटी स्क्यान सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागि…

विस्तृतमा...

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटास्थित दशरथ चन्द मेडिकल विश्वविद्यालयमा ‘खडेबाबा’ प्राध्यापक खडा गरिएको जनाउँदै यसलाई मान्यता दिने निर्णय खारेज गर्न माग गरेका छन्। हालै चिकित्सा शिक्षा आयोगको टोलीले विश्वविद्यालयको अनुगमन गरेको थियो। त्यसक्रममा ‘खडेबाबा’ प्राध्यापक खडा गरिएको डा. केसीले जनाएका छन्। यसअघि मेडिकल कलेजहरूमा अनुगमन गर्दा बाहिरबाट प्राध्यापक ल्याएर देखाउने गरिएको थियो। कलेजमा काम नगर्ने भए पनि देखाउनलाई मात्रै ल्याउने गरिएका प्राध्यापकलाई ‘खडेबाबा’ भन्ने गरिएको छ। अहिले दशरथ चन्द विश्वविद्यालयमा पनि ‘खडेबाबा’ प्राध्यापक देखाइएको केसीको आरोप छ। बिहीबार डा. केसीले प्रेस विज्ञप्ति जारी गरी यसरी ‘खडेबाबा’ प्राध्यापक देखाउनुभन्दा आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्न आग्रह…

विस्तृतमा...

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’ पछि समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको हो । सल्लाहकार डा अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने, “समितिको विकासका लागि जडीबुटीको…

विस्तृतमा...