

डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत एक स्वास्थ्यकर्मी अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका छन्।
बोगटान फुड्सिल गाउँपालिका–६ का ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान करिब ११ बजे अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सागर बोहराका अनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो। खोजी गर्ने क्रममा उनी शौचालयमा मृत अवस्थामा भेटिएका हुन्।
यता, जिल्ला अस्पताल डोटीले भने बोगटी शौचालयमा अचेत अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



