Aricle Tech

काठमाडाैं :  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताए । उनले भने, ‘एउटा गरिब मान्छेले मृत्युवरण गर्नुपर्ने प्राइभेट हस्पिटलमा गयो, नर्मल ज्वरो आएको छ भने पनि दुनियाँभर चेक गरेर १० हजार भन्दा कममा डाक्टरले हात नै लगाउँदैन । सरकारी हस्पिटलमा गयो, बेड खाली हुँदैन । मान्छेले क्युमा बस्नुपर्ने हुन्छ ।…

विस्तृतमा...

काठमाडौं : राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसद कमला पन्तले सो प्रश्ताव पेश गरेकी हुन् । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रश्ताव राष्ट्रियसभामा पेस गर्नुपरेको सांसद पन्तले बताइन् । उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यताअनुरूप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताइन् । सद पन्त प्रश्तावक रहेको संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत,…

विस्तृतमा...

दोधारा चाँदनी (कञ्चनपुर) : महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढेपनि जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या देखिएको हो । औषधालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति नहुँदा महिला र पुरुष बिरामीलाई एउटै कोठामा पर्दा लगाएर उपचार गर्नुपर्ने बाध्यता रहेको औषधालयले जनाएको छ । भवन पनि चुहिने र जीर्ण अवस्थामा रहेको हुँदा उपलब्ध जनशक्तिले पनि गुणस्तरीय आयुर्वेद सेवा दिन नसकेको औषधालयका प्रमुख डा ओम प्रकाश कलौनीले बताए । “विसं २०५२ सालमा निर्माण भएको भवन जीर्ण भइसकेको छ”, डा कलौनीले भने, “भएको जनशक्तिले पनि भौतिक पूर्वाधर अभावका कारण…

विस्तृतमा...

काठमाडौं : हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि सुर्खेतकाे प्रदेश अस्पतालमा तनाव उत्पन्न भएको छ ।दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन् ।उनी सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको एक निजी अस्पतालमा पुगेकी थिइन् । त्यहाँ उनकाे  पाठेघरमा केही समस्या देखियो । त्यसपछि आफैं हिँडेर  उनी शकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् ।  बिहीबार बिहानै उनी अस्पताल भर्ना भइन् ।अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए ।  अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले…

विस्तृतमा...

अन्नपूर्ण : कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो । “स्वास्थ्य चौकी आफैँ घाइते छ । बिरामी भएर जाँदा पनि निकै डर हुन्छ”, माछापुच्छ्रे–९ सैतीघट्टकी धनमाया तामाङले दुखेसो सुनाइन् । घर नजिकै रहेको उक्त स्वास्थ्य चौकी जीर्ण भए पनि अहिलेसम्म नयाँ नबनेको उनले गुनासो गरिन् । “जाँच्न जाँदा पनि कतै भत्किएर पुरिन्छ कि भन्ने चिन्ताले सताउँछ”, तामाङले भनिन्, “धेरै पुरानो घर हो । काठहरू सबै पुरानो भइसकेका छन् ।” सरकारले नयाँ…

विस्तृतमा...

काठमाडौं : लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्वास्थ्यमा सहायक चौथो तहका प्राविधिक पदहरुको विज्ञापन गरेको छ । प्रदेशको स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाका लागि खुला तथा समावेशी पदमा विज्ञापन गरिएको हो। अनीमीमा ४१ खुला, आदिवासी जनजाति १२, मधेशी ६, दलित ६ माग गरिएको छ । यसैगरी अहेबमा खुला ४१, महिला १२, आदिवासी जनजाति ११, मधेशी ६, दलित ४ जना माग गरिएको छ । यसैगरी वैद्य ५ जना र ल्याब असिस्टेन्ट १ जना माग गरिएको छ ।

विस्तृतमा...

काठमाडाैं : हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘संवाद श्रृङ्खला–१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले भाेल बिहान १०:३० बजेदेखि होटल अकामा, धुम्वाराहीमा ‘संवाद श्रृङ्खला–१’ संचालन गर्न लागेको अस्पतालले जनाएको छ । ह्याम्स अस्पतालले नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोध गर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार”भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । अस्पतालका अनुसार तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्यसहित सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको…

विस्तृतमा...

पोखरा : गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय छुट्याइएको तथा आन्तरिक मामिला मन्त्रालय पनि छुट्टै बनाउने निर्णय गरिएको उनले बताएका छन् । गण्डकी प्रदेशमा कुनै समय १२ वटासम्म मन्त्रालय बनेका थिए। २०७९ पुस २५ गते खगराज अधिकारी मुख्यमन्त्री हुँदा ७ मन्त्रालयमा झारेका थिए । फेरि उनले नै थपेर ९ वटा बनाएका छन् ।

विस्तृतमा...

जुम्ला : विष खाएर मरेकाे भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । गुठिचौर गाउँपालिका-४ थामबाडामा मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेकाे कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. पुजन राेकायाले जानकारी दिए । उनका अनुसार बिरामी हुनेमा ४ पुरूषा र ३ महिला रहेका छन् । बिरामी हुनेमा बर्ष ४० वर्षका विष्णबहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् । उनीहरु सबैले बुधबार बिहान नौ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए ।उनीहरूकाे कर्णाली स्वास्थ्य विज्ञान…

विस्तृतमा...

काठमाडौं : वीरगञ्जको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रिहा भएका छन् । म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुसन्धान थालेको प्रहरीले चैत २६ गते कलेजमा छापा मार्दै उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएको थियो । बुधबार उनीहरु दुवैलाई हाजिरी जमानीमा छाडिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

विस्तृतमा...