काठमाडौँ : सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ ।
Aricle Tech
काठमाडौँ : नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण वैशाख २१ र २२ मा हुने भएको छ । सञ्चारकर्मीहरूको समूह त्रिकाल प्रोडक्सनको आयोजनामा ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा हुने सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिएको छ । सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार गर्नेछ । सम्मेलनबाट प्राप्त सुझावको प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरूलाई पेस गरिनेछ । साथै स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान…
चितवन : चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप २५ हजार दिने निर्णय गरेको हो । रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए ।उनले भने, “यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।” सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग…
काठमाडाैं : भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतीय राजदूतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गतका ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस…
काठमाडौँ : २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी हुन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ । योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गर्नुपर्ने उत्तिकै छन् । स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा…
बागलुङ : प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भइरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिए । श्री श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको सकृयतामा चैत्राष्टमी मेला अवधिभर दर्शक तथा अतिथिहरुको स्वास्थ्यमा समस्या आएमा सामन्य देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख सेनानी रानाले बताए । नेपाली सेना अन्तर्गत जिल्लामा तैनाथ श्री नं. २३ बाहिनी अड्डाको संयोजनमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको…
काठमाडौं : स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले बिमा कार्यक्रम लागू भएका सरकारी बाहेकका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशत रकम आफैले तिर्नु पर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डको गत २४ फागुनमा बसेको बोर्ड बैठकले सेवा प्रदायक सरकारी बाहेकका अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेको थियो। बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले त्यसको कार्यान्वयन १ वैशाख २०८१ देखि लागु हुने पूर्व निर्णय अनुसार कार्यान्वयनमा आएको बताए । बोर्डले सरकारी अस्पतालहरूको सक्षमता विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण वृद्धि गर्न यस्तो निर्णय लिइएको बताएको छ । तर कतिपय सेवाग्राहीले भने बोर्डले थाहा नै नदिई आफूखुसी नियम परिवर्तन गरेको…
हेटौँडा : अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए। उनले भने, “मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन पर्यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्”, अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन…
पर्वत : पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्न लागिएको हो । यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपीडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । दिउँसोमा मात्र ओपीडी सेवा सञ्चालन गर्दा बिहान र बेलुका बिरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो हाउन थालेपछि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपीडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।
काठमाडौं : कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको अध्यक्षतामा ‘एकेडेमी अफ जीआई एन्ड एचपीबी सर्जन नेपाल (एजीएचएसएन)’ स्थापना भएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. भण्डारी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने टोलीको नेतृत्वकर्ता हुन् । समितिको उपाध्यक्षमा डा. शरद पोख्रेल, महासचिवमा डा. नारायण बेल्बासे, कोषाध्यक्षमा डा. विष्णु कँडेल, सहकोषाध्यक्षमा डा. नीराजन सुवेदी र डा. निश्नाता कोइराला चयन भएका छन् । यसैगरी, सदस्यमा डा. नरेन्द्र पण्डित, डा. नवीन पोख्रेल, डा. सुरेन्द्र शाह, डा. राजेश मण्डल, डा. कुनाल देव र डा. पलेश्वाँ जोशी लाखे रहेका छन् ।

