काठमाडौं- त्रिभुवन विश्वविद्यालयसहित विभिन्न निकायमा रहेका उच्च पदस्थ अधिकारीलाई कारबाहीका लागि सिफारिस गरिएको ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक भएको छ । मबिबिएससहित विभिन्न तहका शुल्क तोक्नेदेखि त्रिविका उच्चपदस्थ अधिकारीलगायतमाथि कारबाहीसम्मका सिफारिस गरेर शिक्षा मन्त्रालयलाई बुझाएको प्रतिवेदन बुधबार मन्त्रालयले सार्वजनिक गरेको हो । प्रतिवेदनमा चिकित्सा शिक्षा क्षेत्रमा अनियमिततामा संलग्न अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ । आयोगले कानुनविपरीतका कार्यमा संलग्न अधिकांश अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने सिफारिससमेत गरेको छ भने कतिपयमाथि भ्रष्टाचार मुद्दामा छानबिन हुनुपर्ने भनेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा अनियमितता देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन प्रक्रिया तत्काल…
Aricle Tech
कैलाली : टेन्डर आह्वान गरेर खरिद गरिएको औषधी आधा भन्दापनि कम मुल्यमा दिन थालिएपछि धनगढी उपमहानगरपालिकाले त्यो औषधीको गुणस्तर जाँच गरेर मात्रै विरामीहरुलाई वितरण गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले चैत १ गते टेन्डरमार्फत ६१ प्रतिसत कम मूल्य हालेर आपूर्ती गरिएका २६ प्रकारका औषधीको नमूना संकलन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा पठाएको छ । त्यसको एक हप्ताभित्र गुणस्तर जाँचको रिपोर्ट आउनेछ । ‘कोटेशनबाट औषधी किन्दा महंगो पर्न थालेपछि हामीले २०७९ साल देखि नै टेन्डर आह्वान गरेर औषधी गरिद गर्न थाल्यौं । तर त्यसमा ६१ प्रतिसत कम मूल्यमा औषधीको टेन्डर पर्न थाल्यो । अनी उपमहानगरले त्यसको गुणस्तर जाँच गर्ने निर्णय गरेको हो’…
जानकी : भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षीय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन् । उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए । उनले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसकेका छन् । यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आएका भने होइनन् । “जिल्लामा दुईवटा आँखा अस्पताल छन् । तर यहाँजस्तो गुणस्तरीय सेवा छैन”, उनले भने, “म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखाको यहीँ उपचारका लागि आउने गरेका छन् ।” नेपाल नेत्र ज्योति सङ्घ, बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयहरुको सङ्ख्या…
सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन्। लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा ढिलो भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले जानकारी दिए । गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखि माथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको उनले बताए। लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुईजना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।
काठमाडाैं : काठमाडाैं महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्राध्यापक डाक्टर विधाननिधि पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी बमोजिम महानगरपालिकाले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँच परीक्षणसहितका काममा सहकार्य हुनेछ । ज्येष्ठ नागरिक उपचारका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर ईसीजी, ब्लड सुगर, सीबीसी, एक्स–रेसहित १० प्रकारका प्रयोगशाला परीक्षण हुनेछ । महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन…
काठमाडौं : पछिल्ला दिनमा गर्मीसँगै उपत्यकामा डेंगी संक्रमण बढ्न थालेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगी संक्रमण पुष्टि भएको जनाएको छ । महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स) को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौंमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख छ । बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् । सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगी पुष्टि भएको इडीसीडीले जनाएको छ ।
हेटौंडा : विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रुपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाइ बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाइ र असल सन्तान । यसैगरी सपना देखेर २४ वर्षको उमेरमा हेटौंडा उपमहानगरपालिका–४ का शेखर थपरियासँग अस्मिता कालिकाले विवाह गरी नयाँ जीवनको सुरुआत गरेकी थिइन् । उनको जीवन साँच्चै सोचेजस्तै थियो पनि । अस्मिताको श्रीमान् क्याम्पस पढाउँथे । बाँकी समय श्रीमान् श्रीमती मिलेर जापानिज भाषा सिकाउने इन्स्टिच्युट चलाउँथे । विवाहको चार वर्षपछि उनीहको छोरा जन्मियो। परिवारमा खुसीको सीमा रहेन तर त्यो खुसी दुई वर्ष पनि राम्रोसँग टिक्न सकेन ।‘छोरा हुर्कंदै थियो तर छोरामा उमेरअनुसार देखिने विकास नभएको…
काठमाडौं : नागरिक एपमा रहेको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने भएको छ । नागरिक एपले सेवाग्राहीको सहजताका लागि यस किसिमको व्यवस्था गरिएको जनाएको छ । नागरिक एपमा भएकाे परिचयपत्र परिचयपत्र स्वास्थ्य संस्थाहरूमा देखाएरै स्वास्थ्य सेवा लिन सकिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको हो ।
काठमाडौं : केही दिनदेखि बढ्दै गएको नेपालको वायु प्रदूषण बुधबार उच्च बिन्दुमा पुगेकाे छ । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ । पछिल्लो विवरण अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको हो । बुधबार वायु प्रदूषणको गुणस्तरको सूचक २६४ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ । यो मानवका लागि अत्यन्त अस्वस्थकर वायुको गुणस्तर हो । काठमाडौँपछि अहिले क्रमशः भारतको दिल्ली, बंगलादेशको ढाका प्रदूषित सहरको सूचीमा रहेका छन् । प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असर समेत देखिएका छन् । नेपालका अधिकांश वनमा लागेको डढेलोका कारण प्रदूषण बढेको बताइएको छ।डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण…
काठमाडौं : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताए । उनले भने, ‘आज काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा…

