Aricle Tech

टीकापुर : कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो । नगरपालिकाले वडा नं ३ लाई पहिलो चरणमा पोषणमैत्री स्थानीय वडा घोषणाका लागि गत वर्षदेखि काम गरिरहेको छ । ‘बहुक्षेत्रीय पोषण योजना तथा पोषण कार्यक्रम’अन्तर्गत टीकापुरमा भएका कार्य र पोषणमैत्री स्थानीय शासनको कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल भएको युनिसेफका पोषण अधिकृत प्रकाशचन्द्र जोशीले बताए । कार्यक्रमको सहजीकरण जोशीले गरेका छन् भने कार्यविधिको मस्यौदा परामर्शदाता शेतबहादुर भुलले प्रस्तुत गरेका थिए । पोषणमैत्री स्थानीय वडा तथा पालिका बनाउन शासकीय पद्धतिमा पोषणका विषयलाई छलफल गर्नु, पोषण सेवा प्राप्तिको सुनिश्चितता…

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं…

विस्तृतमा...

कैलाली : कैलालीको टीकापुर नगरपालिकाले सरसफाइसम्बन्धी सन्देशमूलक गीत सुनाउँदै बजार क्षेत्रमा फोहोर संकलन गर्ने गरेको छ । नगरपालिकाको फोहोर बोक्ने गाडी आउँदा ‘सरसफाइ गरौं’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताए । टीकापुर बजार क्षेत्रमा दैनिक ५ ट्रली फोहर संकलन हुने गरेको छ । फोहोर संकलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहर बोक्ने मेसिनसहितको गाडी) प्राप्त भएको थियो । उक्त मेसिन सुदूरपश्चिममै ठूलो रहेको नगरपालिका कार्यालयको दाबी छ । पालिकाभित्र फोहोर संकलन गर्न दुई वटा ट्रली र एउटा फोहर वाहन दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा…

विस्तृतमा...

काठमाडौं : चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले हप्तामा एक दिन आन्द्रा सुनिने रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागले सूचना निकाल्दै वैशाखदेखि हरेक सोमबार आन्द्रा सुनिने अलसरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचार लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने जनाएको छ । ग्याष्ट्रोइन्टेरोलोजी विभागका विभागिय प्रमुख डा.मुकेश शर्माले आन्द्रा सुनिने अल्सरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले हप्तामा एक दिन सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उक्त सेवा ग्याष्ट्रोइन्टेरोलोजि ओपिडीको कोठा नम्बर २३१ मा हरेक सोमबार दिउँसो एकदेखि तीन बजेसम्म सञ्चालन हुने डा.शर्माले बताए ।

विस्तृतमा...

ताप्लेजुङ : जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० खारेज गर्न माग गरेको छ । ताप्लेजुङस्थित तीन हजार ७९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा सम्पन्न महासङ्घ प्रदेश समितिको बैठकले जनस्वास्थ्य ऐन खारेज गर्नुपर्ने माग लगायत विभिन्न निर्णय गरेको हो । जिल्ला समन्य समिति महासङ्घ कोशी प्रदेश समितिको सोमबार सम्पन्न बैठकले कायम रहँदै आएको जिससको अधिकार कटौती गर्दै जनघाती जनस्वास्थ्य सेवा ऐन ल्याएको भन्दै खारेज गर्नुपर्ने माग गरेको छ । अध्यादेशमार्फत कोशी प्रदेश सरकारले जनस्वास्थ्य ऐन जारी गरी जिससको अधिकारक्षेत्र खोस्ने कुचेष्टा गरेकोभन्दै तत्काल खारेज नगरिए सशक्त आन्दोलन गर्नेसमेत बैठकले निर्णय गरेको…

विस्तृतमा...

गलेश्वर : म्याग्दीको बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ । अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको हो । विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, पोखरा, नेपालगञ्जलगायत सहरमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

विस्तृतमा...

काठमाडौँ :  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९०० भन्दा बढी अवैध औषधि हटाइएको बताए ।जसमा भारतमा ९९२, इन्डोनेसियामा ५४४, चीनमा ३६४ र ब्राजिलमा ११४ औषधि छन् । ओजेम्पिक र जीएलपी–१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ, जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दाबी गर्छन् ।

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ उपत्यका वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहरका रूपमा सूचीकृत छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले वायु प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रूपमा अग्रस्थानमा रहेको बताएका छन् । “काठमाडौँमा बढेको प्रदूषणका कारण जनस्वास्थ्यमा असर गर्न सक्छ । प्रदूषणका कारण विभिन्न रोग लाग्न सक्ने…

विस्तृतमा...

काठमाडौं- विश्वमै सबैभन्दा धेरै सब्सक्राइबर भएका  युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पताल मर्मतसम्भार गरेका छन् । बिस्टले हालै भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकामा गरेको कामको बारेमा जानकारी दिएका छन् । गत डिसेम्बरमा उनको टिम नेपाल आएको थियो । बिस्टको समूह र ‘गिभ पावर’ नामक सामाजिक संस्थाले उक्त अस्पतालको मर्मत कार्य अघि बढाएको थियाे । बायोमेडिकल इन्जिनियर सञ्जबहादुर सिंह ठकुरीसँग मिलेर उनीहरुले मर्मतको काम अघि बढाएका थिए ।

विस्तृतमा...

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिकाले निर्माण गरेको व्यायामशाला तथा योग केन्द्रको उद्घाटन गरेका छन् । मौलापुर नगरपालिकाले आफ्नो नगरलाई निरोगी बनाउने अभियानअन्तर्गत उक्त व्यायामशाला तथा योग केन्द्रको निर्माण गरेको हो । आज (सोमबार) एक कार्यक्रमकाबीच पूर्वमन्त्री तथा सांसद साहले उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्–‘मौलापुरलाई निरोगी बनाउने अभियानअन्तर्गत नगरपालिकाद्वारा निर्मित व्यायामशाला तथा योग केन्द्रको आज समुद्धघाटन गर्ने अवसर प्राप्त भयो । नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरु, योग विज्ञान केन्द्र प्रशिक्षकहरु तथा विभिन्न पार्टीका नेताहरुको सहभागितामा सम्पन्न उक्त समारोहले मौलापुरलाई निरोग बनाऊने प्रतिबद्धता व्यक्त गरेकाछन ।’

विस्तृतमा...