Aricle Tech

दमक  :  दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन कामनलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।लामखुट्टे भगाउन…

विस्तृतमा...

काठमाडौँ :  युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उनले बताए ।  “आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ । त्यसकारण व्यायाम गर्न अल्छी नगरौँ । साथै यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ, यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ”, मन्त्री श्रेष्ठले भने ।  त्यस अवसरमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह, चलचित्र निर्देशक आशिफ शाह, चलचित्र पत्रकार सङ्घका…

विस्तृतमा...

टीकापुरः ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ । पहिलो दिन ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९१ महिलाले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको जाँच तथा रिङपेशरी, फिस्टुलासम्बन्धी सेवा प्रवाह भएको छ । शिविरमा ७७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दोस्रो दिन सहरी स्वास्थ्य केन्द्र सत्ती र तेस्रो दिन अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल पछिल्लो समय क्यान्सरका…

विस्तृतमा...

एजेन्सी : महिलामा विभिन्न कारणले गर्दा अनुहारमा रौँ पलाउने गर्छ । जसमा स्वास्थ्यमा आउने गडबडी मुख्य हो । खासगरी महिलाको शरीरमा रहेको टेस्टोरोन हर्माेनका कारण यस्तो समस्या देखापर्छ । त्यस्तै, विनाकारण हुने इडियोपार्थिकले पनि महिलामा दाह्री–जुँगा देखिन्छ । पोलिस्टिक सिन्ड्रोमका कारण पनि कपाल बढी पलाउने गर्छ । त्यस्तै, डिम्बाशयमा हुने कुनै ट्युमरका कारण शरीरको विभिन्न भागमा अनावश्यक रौँ पलाउने गर्छ । त्यस्तै, पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्माेन गडबड हुने भएकाले रौँ देखापर्छ । यसबाहेक छालासम्बन्धी रोग र थाइराइडमा समस्या हुने व्यक्तिमा अनावश्यक कपाल पलाउने सम्भावना बढी रहन्छ । कतिपय महिलामा भने वंशाणुुगत गुणका कारणसमेत दाह्री–जुँगा पलाउने गर्छ । त्यस्तै, हर्मोन परिवर्तन गर्ने औषधिको जथाभावी प्रयोगका कारणसमेत अनावश्यक रौँ देखापर्छन् ।

विस्तृतमा...

सिन्धुपाल्चोक : चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो । भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन छ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले बताए । चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो । अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी ,…

विस्तृतमा...

काठमाडौं : नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भाेलि चैत २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो । दिगो विकास लक्ष्य हासिल हुने गरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए। सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने,‘दिगो विकास लक्ष्य हासिल गर्नका लागि हामीले नाराहरु बनाएर त्यसैअनुसार सहभागीहरु प्रस्तुत हुने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा पोलिसीका लागि…

विस्तृतमा...

चितवन : चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए । उनले भने, “अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ ।” उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताए । त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा…

विस्तृतमा...

काठमाडाैं : नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्रा. डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत्र २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद…

विस्तृतमा...

काठमाडौं : वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । नेसनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी) सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका हुन् । म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ । नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेकाे हो ।

विस्तृतमा...

काठमाडौं : मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ । काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । “वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले…

विस्तृतमा...