

जुम्ला : विष खाएर मरेकाे भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।
गुठिचौर गाउँपालिका-४ थामबाडामा मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेकाे कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. पुजन राेकायाले जानकारी दिए ।
उनका अनुसार बिरामी हुनेमा ४ पुरूषा र ३ महिला रहेका छन् । बिरामी हुनेमा बर्ष ४० वर्षका विष्णबहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु सुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् ।
उनीहरु सबैले बुधबार बिहान नौ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए ।उनीहरूकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेकाे छ ।


