

काठमाडाैं : हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले ‘संवाद श्रृङ्खला–१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले भाेल बिहान १०:३० बजेदेखि होटल अकामा, धुम्वाराहीमा ‘संवाद श्रृङ्खला–१’ संचालन गर्न लागेको अस्पतालले जनाएको छ ।
ह्याम्स अस्पतालले नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोध गर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार”भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
अस्पतालका अनुसार तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्यसहित सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।
संवादका विषयहरु :
१. पहिलो सत्रः भेप/ई–सिगरेट : बढ्दो गम्भिर स्वास्थ्य चुनौती”
२. दोस्रो सत्रः स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु”
३. तेस्रो सत्रः पहिलो २ सत्रको सारंश तथा माननीय उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट प्रमुख मन्तव्य ।


