काठमाडौं : जनता समाजवादीका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित सपथ ग्रहण समारोह राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री यादवलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
यादवसँगै राज्यमन्त्री हसिना खानलाई पनि राष्ट्रपति पौडेलले सपथ ग्रहण गराएका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री यादवले सोमबारै कार्यभार सम्हाल्ने छन् ।
Last Modified Date: २०८१ जेष्ठ १, मंगलवार









