कोपनहेगन : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भनेका छन्, “नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिन्छ ।” युरोपमा ३० देखि ७९ वर्षबिचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय नुनको अधिक सेवनले हुन्छ । डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत…
Aricle Tech
डोटी : डोटी प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली डाक्टर दार्चुलाको महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन् । उनीहरूलाई डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको सूचनाका आधारमा मंगलबार दिपायल सिलगढी नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्र बहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधवार दुवै जनाविरुद्ध इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । डीएसपी भट्टराईका अनुसार दुवै जनाविरुद्ध मुद्दा…
काठमाडौं : पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् । डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक अनसनमा बसिरहेका छन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उदेश्यले यो अनसन सुरु गरेका हुन् । उनले सबै नेपालीलाई निशुल्क औषधी–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँचदिन देखि अनसनमा छन् । यसअघि दशौंँ पटकको अनसनसम्म…
बैतडी : बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति जना लाभान्वित भएका हुन् । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट छ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए । शिविरमा आएकामध्ये एक सय छ जनाको आँखाको मोतियाबिन्दु र चार जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र…
भरतपुर : चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । आगामी दिनमा केन्द्रको स्तरोन्नति र सेवा विस्तारमा विशेष ध्यान उनले आग्रह गरिन्। यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले रगतको माग पनि धेरै हुने हुँदा रक्तसञ्चार केन्द्र आवश्यक भएको प्रमुख दाहालले बताइन् । ‘बिरामीको चाप अनुसार पूर्वाधार, कर्मचारी र उपकरणको अभाव छ’, उनले भनिन्, ‘अस्पताल विस्तार र सेवा थप गर्ने योजनामा महानगर सहकार्य गर्न तयार छ ।’ अहिले दुई सय युनिट रगत भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको सो केन्द्र अस्पतालको ‘बी ब्लक’ मा रहेको छ । अस्पतालका…
काठमाडौं : काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। मंगलबार एक समारोहबीच काठमाडौं मोडेल अस्पतालका प्रबन्धकीय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
काठमाडौं : नेपाल सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत १ हजार नर्सले रोजगार पाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाका अनुसार सो कार्यक्रमबाट १ हजार नर्सले रोजगार प्राप्त गरेका हुन् । उनका अनुसार उक्त कार्यक्रममा १ हजार बढी सरकारी विद्यालयमा एक नर्स राखिएकाे छ । संघीय मन्त्रालयको बजेटबाट २ सय २७ स्थानका विद्यालयमा नर्स राखिएको उनले बताइन् । विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्द्र्धन गर्न र सिकाईमैत्री वातावरण बनाउन सबै विद्यालयमा एक नर्स राख्न आवश्यक रहेको उनले बताइन् ।
काठमाडौं : शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ । अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार संघीय संसदमा दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । तीन तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार तथा जनशक्तिलाई समन्वयात्मक परिचान गरी आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गर्ने सरकारले निती लिएको छ । यस्तै संघ, प्रदेश र स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य सेवाको वर्गीकरण गरिने । ३. संघीय अस्पतालहरुलाई कार्यबोक्षका आधारमा पुनः संरचना गरिने बताइएकाे छ । राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा ओपीडी संचालन गर्ने, कान्ति बाल अस्पताल थप पूर्वाधार…
काठमाडौं : सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर हुने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारो आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । ‘औषधि लगायतका अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता अभिवृद्धि गर्नका साथै निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने।

