

नेपालगन्ज : पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभन्दा एकदिन अगाडि डा. पाण्डेलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेका हुन् । उनलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरिएको जनाइएको छ ।


