Aricle Tech

बागलुङ : बागलुङ जिल्लाको धौलागिरि अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ । तर उक्त गर्भपतनको पछिल्लो तथ्यांक बढ्दो छ । गर्भपतनलाई बाध्यताका रूपमा नलिई विकल्पका रूपमा लिन थालेपछि यसको तथ्यांक वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । गर्भपतन विकल्प होइन, बाध्यता हो तर विकल्पका रूपमा लिँदा गर्भपतनको संख्या बढ्दो भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यको भनाइ छ । “बाध्यात्मक परिस्थितिबाहेक गर्भपतन गर्नुपर्ने अवस्था आउनै दिन नहुने परिवार नियोजनको विषयमा जानकारी गराउने, गर्भपतनको असरका विषयमा अवगत गराउने कार्यलाई बढाउन आवश्यक देखिएको छ, २० वर्ष नपुग्दै गर्भपतन गराउनु अत्यन्तै जोखिम…

विस्तृतमा...

काठमाडौं : यस वर्षको मिस नेपाल पिसको उपाधि विधी लम्सालले पाएकी जितेकी छिन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियगोगी नम्बर १९ की लाम्सालले उपाधि पाएकी हुन् । काभ्रेपलाञ्चोककी लाम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन् । प्रतियोगितामा अनिसा पराजुली फस्ट रनरअप भएकी छिन् भने पला रेग्मी सेकेन्ड रनरअप भएकी छिन् । यस्तै मोनिका थापा मगरले स्पेसल अवार्ड नर्स विथ व प्रपोज, मस्ट फोटोजेनिक र बेस्ट स्किनको टाइटल सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरीले जितेकी छिन् । प्रतियोगितामा २४ जना प्रतिस्पर्धी रहेका…

विस्तृतमा...

काठमाडौं : एम्बुलेन्सको ठक्करबाट मर्निङ वाकमा हिँडेका एक जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । बुटवलनजिकै बेलबासमा आइतबार बिहान अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका-१३ झोलुंगे पुलनजिकै ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट बुटवल उपमहानगरपालिका-११ बेलबासकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको छ । घटनामा बुटवल-११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् । मर्निङ वाकमा हिँडेका उनीहरूलाई बाटो क्रस गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।…

विस्तृतमा...

काठमाडौं : कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् । अध्ययन प्रतिवेदनका अनुसार ठूलो संख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ । यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रुप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र…

विस्तृतमा...

खोटाङ : खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । बिस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्ष अघिदेखि सहरमान अरूको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गरे । उनको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण…

विस्तृतमा...

काठमाडौं : डा. गोविन्द केसीले अनशन तोडेका छन् । चिकित्सकहरूको सुझावमा बिहीबार केसीले एक विज्ञप्ति जारी गर्दै छैटौँ दिनमा अनशन तोडेका हुन् । “अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ । तसर्थ, हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँछु,” उनले विज्ञप्तिमा भनेका छन् । केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका थिए । केसीले चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि अनशन थालेका थिए ।

विस्तृतमा...

काठमाडौं : डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एसियाबाट छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा २८ वर्षीया गिरी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो । यहीक्रममा उनले मानसिक स्वास्थ्य समस्या व्यहोरिन् । ‘ह्याप्पी माइन्ड्स’ भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिइरहेकाे छ ।

विस्तृतमा...

भक्तपुर : भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ । उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको बताइन् । उनले भनिन्, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन्भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।” आर्थिक अभावका कारण उपचारमा गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिइन् । आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिदै उनले अस्पतालले आजदेखि असारसम्म पाठेघरको उपचारमा…

विस्तृतमा...

काठमाडौं : गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य बिग्रिएको छ । उनलाई बुधबार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।उनीमा ग्लुकोजको मात्रा न्युन रहेकाे किटोन बडी बनेको बताइएकाे छ  । यस्तै पिसाव नखुलेको र मुटुको चालमा उतारचडाव रहेकाे शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए ।अस्पताल आए पनि डा केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । डा केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग राख्दै  डा केसी गत २९ बैशाखदेखि पशुपतिको मृगस्थलिमा २२औँ अनसन सुरु गरेका थिए । 

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा नि:शुल्क आँखा अप्रेसन शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा आँखाको अप्रेसन गर्नुपर्ने देखिएका ४९ जनाको अप्रेसन शिविरमार्फत अप्रेसन गरिएको हो । अजयमेरु गाउपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसनको प्राविधिक सहयोगमा नि:शुल्क आँखा अप्रेसन शिविरमा ४९ जनाको अप्रेसन र २९ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको अजयमेरु स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए । गाउँपालिकाको केन्द्र भद्रपुरमा अप्रेसन शिविर सम्पन्न गरिएको हो ।

विस्तृतमा...