काठमाडौं : गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य बिग्रिएको छ । उनलाई बुधबार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।
उनीमा ग्लुकोजको मात्रा न्युन रहेकाे किटोन बडी बनेको बताइएकाे छ । यस्तै पिसाव नखुलेको र मुटुको चालमा उतारचडाव रहेकाे शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए ।अस्पताल आए पनि डा केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । डा केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग राख्दै डा केसी गत २९ बैशाखदेखि पशुपतिको मृगस्थलिमा २२औँ अनसन सुरु गरेका थिए ।