काठमाडौं : यस वर्षको मिस नेपाल पिसको उपाधि विधी लम्सालले पाएकी जितेकी छिन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियगोगी नम्बर १९ की लाम्सालले उपाधि पाएकी हुन् ।
काभ्रेपलाञ्चोककी लाम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन् ।
प्रतियोगितामा अनिसा पराजुली फस्ट रनरअप भएकी छिन् भने पला रेग्मी सेकेन्ड रनरअप भएकी छिन् ।
यस्तै मोनिका थापा मगरले स्पेसल अवार्ड नर्स विथ व प्रपोज, मस्ट फोटोजेनिक र बेस्ट स्किनको टाइटल सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरीले जितेकी छिन् । प्रतियोगितामा २४ जना प्रतिस्पर्धी रहेका थिए ।
प्रतियोगितामा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा सुवास आचार्य, डा सुजिता हिराचन, डा स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक मण्डलमा थिए ।