Aricle Tech

ढोरपाटन : बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ । विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए । कुनै पनि बालबालिका आइपीभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित तीन सय ३९ जना स्वास्थ्यकर्मी, छ सय…

विस्तृतमा...

सिमकोट : हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधी अभाव हुँदा समस्या भइरहेको छ । १५ शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधी अभाव हुँदा चिकित्सकले लेखेका औषधी निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, झापापखालालगायत रोगका औषधी वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निः शुल्क औषधीसमेत नभएको खार्पुनाथ गाउँपालिका-३ रायाका धनबहादुर टमटाले गुनासो गरे । बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले…

विस्तृतमा...

डडेल्धुरा : सुदूरपश्चिमकै एक मात्र संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा ‘एक्स–रे फिल्म’ अभावका कारण समस्या भएको छ । ‘एक्स–रे फिल्म’ नहुँदा अहिले त्यहाँ आउने बिरामीलाई एक्स–रे कम्प्युटरबाट खिचेर डाक्टरलाई देखाउन भनिदै आएको छ । बिरामीहरुले पनि आफ्नो मोबाइलबा फोटो खिचेर सोही एक्स–रे डाक्टरलाई देखाउँदै आएका छन् । एक्स–रे फाँटका कर्मचारीले ‘एक्स–रे फिल्म’ सकिएकाले काठमाडौंबाट मगाएको र त्यो आउन अझै केही दिन लाग्ने बताएको एक बिरामीले बताए । यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष कुमार गुप्तालाई बुझ्दा उनले गैर जिम्मेवार जवाफ दिएका छन् । त्यो विषयमा आफूलाई जानकारी नभएको उनले बताए । उनले भने, ‘यो कुरा तपाईंसम्म पुगिहाल्यो र ! ’कहिलेसम्म ‘एक्स–रे फिल्म’…

विस्तृतमा...

काठमाडाैं : आफूलाई उच्च रक्तचाप भएको समयमै थाहा पाउन नसके त्यसको नकारात्मक अनेकौँ असर देखिन थाल्छन् ।  त्यसैले उच्च रक्तचापका लक्षणबारे थाहा पाउन आवश्यक छ । स्वास्थ्यमा केही समस्या नभए पनि बढ्दो उमेरसँगै आफ्नो रक्तचाप वेलावेलामा जाँच गराइरहनु पर्छ । जीवनशैली, तनावजस्ता कारणले कम उमेरमै उच्च रक्तचापको समस्या देखिन थालेको छ । समयमै उच्च रक्तचापको रोकथाम र उपचार गरिएन भने यसले जटिल समस्या सिर्जना गर्न सक्छ । त्यसकारण यसका लक्षण र उपायबारे थाहा पाउनु आवश्यक छ । हाम्रो शरीरमा रगत बहने रक्तनलीहरुमा रगतको चाप सामान्यभन्दा (१४०/९० mmHg भन्दा बढी हुनु) हुनुलाई उच्च रक्तचापको समस्या भनेर भन्ने गरिन्छ । यसबारे थाहा पाउने एउटै तरिका भनेको नियमित रुपमा रक्तचाप जाँच गराउनु…

विस्तृतमा...

गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो । सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उनले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उनको भनाइ…

विस्तृतमा...

भरतपुर : चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा.भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया पहिलो पटक गरिएको डा.श्रेष्ठले बताए । उनले भने ,“९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलो पटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।” सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम…

विस्तृतमा...

काठमाडौं स् विज्ञापन बोर्डले अनुमति लिएर मात्र सामाजिक सञ्जालमा वस्तुकाे विज्ञापन गर्न ३ दिनको समय दिएको छ । सूचनामा सामाजिक सञ्जालमा आएका विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोगको समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरणका लागि भ्रमपूर्ण विज्ञापन आएको भन्दै बोर्डमा उजुरी परेको उल्लेख गरिएकाे छ । त्यस्ता विज्ञापन परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै ३ दिनभित्र अनुमति लिएर मात्र प्रसारण गर्न बोर्डले सूचना जारी गरेको छ । अनुमतिबिना विज्ञापन प्रसारण गरेमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने बोर्डले सूचनामार्फत सचेत गराएको छ ।

विस्तृतमा...

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उनले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहरूको कार्यान्वयनका निम्ति पनि हामी लागिरहेको बताईन। ‘हामी आफैले पनि अपाङ्गता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौँ ।…

विस्तृतमा...

काठमाडौं : प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको सफल सल्यक्रिया गर्ने ४ जना ह्याण्ड सर्जनहरुलाई सम्मान गरेको छ । ब्रेकेल प्लेक्सेस इञ्जुरी अर्थात १ सय वटा सफल सल्यक्रिया गरेको भन्दै एक कार्यक्रमका बिच डा. किरण किशोर नकर्मी, डा.लोकराज चौरसिया, पुष्कर पुडासैनी र प्रवेश सिंह भण्डारीलाई सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै नेपालकै पहिलो ह्यण्ड सर्जन डा.किरण किशोर नकर्मीले हातको समस्यामा जटिल मानिने ब्रेकेल प्लेक्सेस इञ्जुरीको उपचारका लागि विगतमा भारत लगायत अन्य देशहरुमा जानुपर्ने वाध्यता रहेकामो अहिले नेपालमै राम्रो उपचार भइरहेको बताए ।

विस्तृतमा...

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी ९एलसिआइएफ० ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाला इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा…

विस्तृतमा...