Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
  • आजदेखि डेङ्गी सचेतना अभियान सुरु
  • डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन अर्ब १९ करोड बजेट स्वीकृत
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

उमेर नपुग्दै गर्भपतनले बढ्दै प्रजनन स्वास्थ्यमा जोखिम

Aricle TechBy Aricle Tech२०८१ जेष्ठ ६, आईतवार
Share
Facebook Twitter

बागलुङ : बागलुङ जिल्लाको धौलागिरि अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ । तर उक्त गर्भपतनको पछिल्लो तथ्यांक बढ्दो छ ।

गर्भपतनलाई बाध्यताका रूपमा नलिई विकल्पका रूपमा लिन थालेपछि यसको तथ्यांक वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । गर्भपतन विकल्प होइन, बाध्यता हो तर विकल्पका रूपमा लिँदा गर्भपतनको संख्या बढ्दो भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यको भनाइ छ ।

“बाध्यात्मक परिस्थितिबाहेक गर्भपतन गर्नुपर्ने अवस्था आउनै दिन नहुने परिवार नियोजनको विषयमा जानकारी गराउने, गर्भपतनको असरका विषयमा अवगत गराउने कार्यलाई बढाउन आवश्यक देखिएको छ, २० वर्ष नपुग्दै गर्भपतन गराउनु अत्यन्तै जोखिम हो,” उनले भने ।

स्वास्थ्य कार्यालयको तथ्यांक हेर्दा गर्भपतन गराउने संख्या बढ्दो छ। चालु आवको चैत मसान्तसम्म बागलुङका ७९८ जना महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्यांक छ । २० वर्षभन्दा तलका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको छ ।

यस वर्ष १२ हप्ताभन्दा माथिका गर्भपतन गराउनेको संख्या अत्यधिक वृद्धि भएको छ । गत आर्थिक वर्षमा २० वर्ष माथिका एक जना महिलाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गरिएको थियो । तर चालु आर्थिक वर्षमा २० वर्षमाथिका १८ र २० वर्ष तलका दुई जना महिलाले १२ हप्ताभन्दा माथिका गर्भ औषधि प्रयोग गरेर पतन गरिसकेका छन् ।

२० वर्ष मुनिका चार जनाको १८ हप्ताभन्दा माथिका गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ । सरकारले गर्भवतीको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने र स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबरजस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मन्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षित रूपमा पतन गराउन मिल्ने कानूनी व्यवस्था छ ।

यस वर्ष २० वर्षभन्दा तलका २९ र त्यसभन्दा बढी उमेर समूहका ६७८ जनाले १२ हप्तासम्मको गर्भ स्वास्थ्य संस्थामा औषधि सेवन गरेर र ४२० वर्ष मुनि र ६३ जनाको २० वर्ष माथिकाको १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरेर पतन गराइएको छ । परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन पनि जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरेको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए ।

गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउनेको संख्या एक हजार ८४ छ। ७९ जना २० वर्ष तलका र ९४२ जना २० वर्षमाथिले औषधि सेवन गरी गर्भपतन गराएका छन् । २० वर्ष माथिका ६२ र तलका एक जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएको तथ्यांक छ ।

स्वास्थ्य संस्थाबाहेक विभिन्न क्लिनिकबाट गर्भपतन गराउनेको संख्या अझ बढी हुन सक्ने आचार्यको भनाइ छ। व्यक्तिगत रूपमा क्लिनिकमा गर्भपतन गराउने क्रम जारी रहेको उनले उल्लेख गरे । स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउँदा गराउँदै पनि कहिलेकाहीँ गर्भवती महिलाको स्वास्थ्यमा समस्या आउन सक्छ ।

गत आवमा औषधि खुवाएर सुरक्षित गर्भपतन गराएका २१ र उपकरणको माध्यमबाट गर्भपतन गराएका चार जनामा जटिल समस्या देखिएको थियो। यस वर्ष पनि नौ जना औषधि सेवनबाट गर्भपतन गराएका र एक जना उपकरणको प्रयोगबाट गर्भपतन गराउनेहरूमा समस्या देखिएको छ ।

गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अंगमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्ने जस्ता समस्या देखिने गरेका कार्यालय प्रमुख आचार्यले बताए । “गर्भ रहनै नदिने अनेकन् उपाय हुँदाहुँदै पनि गर्भपतनका लागि स्वास्थ्य संस्था आउनुहुन्छ, उहाँहरूमा चेतना हुँदाहुँदै पनि परिवार नियोजनको उपाय नअपनाएको पाइन्छ,” आचार्यले भने ।

उनका अनुसार गर्भपतनलाई पनि सामान्य रूपमा लिएको जस्तो लाग्छ तर गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । पटक–पटकको गर्भपतनले महिलाको प्रजनन क्षमतामा ह्रास मात्रै होइन ज्यानै जोखिममा पर्ने उनको भनाइ छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

भर्खरै

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

२०८२ श्रावण १, बिहीबार

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

२०८२ श्रावण १, बिहीबार

डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा

२०८२ असार ३२, बुधबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.