Aricle Tech

विराटनगर : मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग स्वास्थ्यकर्मीले गर्दै उनीहरूले ओपीडी बन्द गरेका छन् । उनीहरूले शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न पनि  माग गरेका छन् । गत ३ जेठमा मेडिकल अधिकृत डाक्टर ब्रोमिस बुढाथोकी र ७ जेठमा डाक्टर अनिलकुमार यादवमाथि अस्पतालभित्र हातपात भएको थियो । त्यसको विरोधमा मंगलबार स्वास्थ्यकर्मी र कर्मचारीले एक घण्टा ओपीडी बन्द गरी कालोपट्टी बाँधेर काम गरेका थिए । तर पनि घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेका छन् ।

विस्तृतमा...

गण्डकी : पोखरा महानगरपालिका-३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौताअनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशत मात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम-धुलिखेल-प्याराडाइज जेभी’ले गरिरहेको छ । वि.सं.२०७८ असारमा २८ मा तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गतिलिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकेको बताए ।  उनका…

विस्तृतमा...

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चार दिने निः शुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँच जनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेटिस्ट र पाँच जना नर्सले सेवा प्रवाह गरेका थिए । नेपाल अपाङ्ग सङ्घ अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका…

विस्तृतमा...

काठमाडौँ: सरकारले खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने भएको छ । २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागिएकाे हाे । खोप अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार सोही समयमा जन्मिएको बेलामा विश्व बजार मानै आईपीभी खोप अभाव भएको थियो । उक्त खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहेको खोप अभियान सुरु…

विस्तृतमा...

काठमाडौं : गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिए । उनले ‘लू’सम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताए । परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण…

विस्तृतमा...

काठमाडाैं : नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे १२–१८), र विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९) का अवसरमा काठमाडौ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ । रेटिनोब्लाष्टोमा अर्थात बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे सहि समयमा पहिचानको आवश्यकता रहेको विषयलाई प्रतिष्ठानले मुख्य जोड दिएको छ । अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा.पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार अध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिरतिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै…

विस्तृतमा...

चितवन : चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो । मुटुरोग विशेष प्रा‍.डा. श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पुर्‍याएर प्वाल टालेको हो । अहिले ती महिलाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उपचार टोलीमा प्रा.डा. विष्णुमणि धिताल, प्रा.डा. अनिल आचार्य, प्रा. डा. भारतीदेवी शर्मा, क्याथल्याब इन्चार्ज अमृत काफ्लेलगायत नर्सहरूको समेत सहभारिता रहेको थियो । प्रा.डा. रेग्मीले यस्ता धेरैजसो प्वाल छाती चिरेर ‘बाइपास सर्जरी’जस्तो ‘ओपनहर्ट सर्जरी’ गरेर टाल्ने गरिएकामा नयाँ प्रविधिको विकाससँगै शल्यक्रिया नगरिकन…

विस्तृतमा...

चौतारा : जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले बताए । गाउँपालिकामा शिविर सञ्चालन गरी आङ खस्ने समस्या भएकाको शल्यक्रिया गर्न बिरामी छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निःशुल्क उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए । आर्थिक स्थिति कमजोर भएका महिलालाई विशेष प्राथमिकता राख्दै गत वर्ष आङ खस्ने समस्या भएका २१ जनाको शल्यक्रिया गरिएको थियो । यसपटक १४ जनाको शल्यक्रिया गरिसकेको र चारजनाको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए । आर्थिक अभावका कारण…

विस्तृतमा...

बैतडी : बैतडीकाे पुर्चौडी नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउन अभियान सञ्चालन गरिएको छ । क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत पुर्चौंडीमा कार्यक्रम सञ्चालन भइरहेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए । अभियान अन्तर्गत वडास्तरीय योजना तर्जुमा गरिएको उनले बताए । वडाहरुमा खकार संकलन र परीक्षण शिविर सञ्चालन भएको छ । स्वास्थ्य शाखाले वडा नं ५ देखि १० सम्म ६ ओटा वडामा खकार संकलन र परीक्षण शिविर सम्पन्न गरिसकिएको छ । बाँकी रहेका वडाहरुमा केही दिनभित्रै शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । अहिलेसम्म सञ्चालन भएका शिविरबाट थप एकजनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

विस्तृतमा...

बारा : नागरिक आरोग्य सेवा केन्द्रले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ । मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नागरिक आरोग्य सेवा केन्द्रले सोमबारदेखि जीतपुर सिमरामा आयुर्वेद उपचार सेवा सुरु गरेको हो । आयुर्वेद सेवा अन्तर्गत खानपान, आहार विहार तथा अध्यात्मसम्वन्धि जानकारी गराउनुको साथै नसर्ने रोगहरू मधुमेह, थाईराईड, उच्च रक्तचाप, श्वासप्रश्वाससम्वन्धि रोगहरूको न्यूनीकरण गर्न निःशुल्क स्वास्थ्य सल्लाह तथा उपचार सेवा दिने आयुर्वेद चिकित्सक डा.पुनिता केशरीले जनाएकी छन् ।

विस्तृतमा...