बारा : नागरिक आरोग्य सेवा केन्द्रले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ ।
मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नागरिक आरोग्य सेवा केन्द्रले सोमबारदेखि जीतपुर सिमरामा आयुर्वेद उपचार सेवा सुरु गरेको हो ।
आयुर्वेद सेवा अन्तर्गत खानपान, आहार विहार तथा अध्यात्मसम्वन्धि जानकारी गराउनुको साथै नसर्ने रोगहरू मधुमेह, थाईराईड, उच्च रक्तचाप, श्वासप्रश्वाससम्वन्धि रोगहरूको न्यूनीकरण गर्न निःशुल्क स्वास्थ्य सल्लाह तथा उपचार सेवा दिने आयुर्वेद चिकित्सक डा.पुनिता केशरीले जनाएकी छन् ।
Last Modified Date: २०८१ जेष्ठ ८, मंगलवार









