

बैतडी : बैतडीकाे पुर्चौडी नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउन अभियान सञ्चालन गरिएको छ । क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत पुर्चौंडीमा कार्यक्रम सञ्चालन भइरहेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए ।
अभियान अन्तर्गत वडास्तरीय योजना तर्जुमा गरिएको उनले बताए । वडाहरुमा खकार संकलन र परीक्षण शिविर सञ्चालन भएको छ । स्वास्थ्य शाखाले वडा नं ५ देखि १० सम्म ६ ओटा वडामा खकार संकलन र परीक्षण शिविर सम्पन्न गरिसकिएको छ ।
बाँकी रहेका वडाहरुमा केही दिनभित्रै शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । अहिलेसम्म सञ्चालन भएका शिविरबाट थप एकजनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।



