Aricle Tech

एजेन्सी : भारतको  दिल्लीस्थित विवेक विहार क्षेत्रको एक बाल अस्पतालमा  आगलागीमा हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा गए राति साढे ११ बजे आगलागी भएको भएको थियो ।दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए ।

विस्तृतमा...

काठमाडौं : सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागेको उनले बताए। पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइनेछ । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए।खोप…

विस्तृतमा...

काठमाडौं : नेपाल क्यान्सर अस्पतालको ७औं वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अस्ति कार्यक्रमको अवसरमा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको अस्पतालले जनाएको छ । प्रतियोगितामा डा विनिता गुरुङ, डा विजेशराज घिमिरे र स्वरुप श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगिताका विजेताहरुको घोषणा तथा पुरुस्कार वितरण यहि जेठ २० गते गरिने आयोजकले जनाएको छ ।

विस्तृतमा...

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो । चालु आवको साउनदेखि वैशाखसम्म ३९ हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा ३० हजार २९७ महिला र आठ हजार ७४९ पुरुषले सेवा लिएका छन् । उक्त कार्यक्रमका लागि एकजना जनरल फिजिसियन, एक स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए ।…

विस्तृतमा...

काठमाडौं : नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङ कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो। राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ । तर, ‘केपी’प्रजातिको भेरियन्ट भने घातक नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनले नयाँ भेरियन्टकाे प्रभाव खासै नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएकाे बताए ।

विस्तृतमा...

काठमाडाैं : डेङ्गी रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गीको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । ‘पानी पर्न थालेपछि डेङ्गी रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम…

विस्तृतमा...

काठमाडौँ : विश्व स्वास्थ्य संस्था (डब्लूएचओ)को ७७ औं महासभामा भाग लिन स्वास्थ्यमन्त्री प्रदीप यादव आगामी शनिबार स्वीजरल्याण्डको जेनेभा जान लागेका छन् । मन्त्री यादवसँगै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, समन्वय महाशाखा प्रमुख डा. चुमन लाल र मन्त्रीका निजी सल्लाहकार अवधेशकुमार दासको टोलीलाई लिएर मन्त्री यादव जेनेभा उड्न लागेका हुन् । मन्त्री यादव र महानिर्देशक डा संगीता मिश्रा सरकारको खर्चमा जाँदै छन् भने चुमनलाल दास र अवधेशकुमार दास भने आइएनजिओकाे रकममा जाने भएका हुन् । जेठ १४ देखि १९ सम्म ( २७ मे देखि जुन १) सम्म जेनेभामा डब्लूएचओको महासभा हुँदैछ।

विस्तृतमा...

चितवन :  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो रहेको यहाँ आयोजित कार्यक्रममा सरोकारवालाले उल्लेख गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा नेपाल चिकित्सक सङ्घले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले ऐनलाई प्रचारप्रसारमा जोड दिएका हुन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) प्रचारप्रसार तथा अन्तक्र्रियामा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सकले त्रुटि गरे कानुनी बाटोबाट कारबाही गर्न सकिने बताए । उनले कुनै पनि घटनाको छानबिन नै नगरी चिकित्सकको लापरवाही भन्ने आरोप लाग्ने गरेको भन्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई…

विस्तृतमा...

काठमाडौं : नेपालमा पुनः कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङ कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको छ । हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा…

विस्तृतमा...

कैलालीः प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले शनिबारलगायत अन्य बिदाको दिनमा पनि बिरामीको उपचार दिन थालेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विषेशज्ञ डाक्टर रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचार गर्न आउने बिरामीलाई लगातार सेवा दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बिदाको दिन उपचार सुरु गरेको जानकारी दिए । ‘अहिले गर्मी याम छ । बिरामको लगातार उपचार गर्नुपर्ने हुन्छ, उनले भने । डाक्टर ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा जडीबुटी प्रशोधन गरी औषधि बनाउन उपकरण जडान भइरहेको बताए । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदको क्षेत्रमा पछाडि परेको उनको भनाइ थियो । उन्नाइस हजारको उपचार प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०/८१ को…

विस्तृतमा...