Aricle Tech

काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ । तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

विस्तृतमा...

काठमाडाैं : नेपाल क्यान्सर अस्पतालमा ४७औं ‘क्यान्सर सर्भाइभर मिट’ सम्पन्न भएको छ । क्यान्सरबाट देहान्त भएका रिजेन प्रशाचेनको सम्झनामा नेपाल क्यान्सर अस्पताल र उपचारका लागि सहयोगी हातहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा क्यान्सर पीडितहरुको सहभागितामा हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका पीडितहरुलाई सहयोग गर्ने तथा उनीहरुलाई उत्प्रेरित गर्ने उद्देश्य बोकेको क्यान्सर अस्पतालकी बिजनेश डेभलोपमेन्ट तथा मार्केटिङ म्यानेजर स्मिता बमले जानकारी दिइन् । कार्यक्रमको उद्देश्य अनुसार उपचारका लागि सहयोगी हातहरु नामक संस्थामार्फत रिजेन प्रशाचेनका आमाबुवाले जमुना मर्हजनलाई २५ हजार र चन्द्रलाल श्रेष्ठलाई १० सहयोग गरिएकाे थियो । कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट…

विस्तृतमा...

काठमाडाैँ : बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बंगलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्नका लागि नेपाल सरकारका तर्फबाट १९ एमबिबिएस र तीन बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाइएको थियो । नाम सिफारिस गरिएकामध्ये दुई जनाले अन्तिम सूचीका लागि आवेदन दिएका थिएनन् । बङ्गलादेशबाट अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको चिकित्सा शिक्षा आयोगले जनाएको…

विस्तृतमा...

पाटन (ललितपुर) : ललितपुरमा २५ हजार चार सय ४९ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने खोप अभियानमा २५ हजार चार सय ४९ बालबालिकालाई आइपिभी खोप लगाइने जनाइएको हो । स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको बताए । “ललितपुरका छ स्थानीय तहका बालबालिकालाई १३ गतेदेखि खोप लगाइन्छ । नियमित खोप अभियान पनि सञ्चालन हुने कोञ्ज्योसोम गाउँपालिकामा १४ गते र महाँकाल गाउँपालिकामा १६ गतेदेखि सुरु हुनेछ ।…

विस्तृतमा...

काठमाडाैं- डिप्रेशन वा उदासीपन किन हुन्छ, तपाईं डिप्रेशनमा हुँदा तपाईंलाई के भएको हुन्छ साथै डिप्रेशनलाई समेत आफ्नो विकासमा कसरी सदुपयोग गर्ने अनि कसरी डिप्रेशनबाट मुक्त हुने ? तपाईंले केही भइदियोस् भन्ने अपेक्षा राख्नुभएको थियो, तर त्यसो भइदिएन । तपाईंले कोही व्यक्ति वा कुनै चिज तपाईंले चाहेअनुसार भइदियोस् भन्ने आशा गर्नुभयो अथवा भनौँ यो संसार वा नियति तपाईंले चाहेअनुसार भइदियोस् भन्ने अपेक्षा राख्नुभयो, तर त्यो त्यसो भइदिएन । अर्को शब्दमा भन्नुपर्दा, जे भइरहेको छ तपाईं त्यसको विरुद्धमा हुनुहुन्छ, यत्ति नै हो। सायद तपाईं कोही व्यक्ति वा परिस्थितिको विरुद्धमा हुनुहुन्छ होला अथवा तपाईं स्वयं जीवनको विरुद्धमा हुनुहुन्छ होला । त्यसैअनुरूप, डिप्रेशन वा उदासी…

विस्तृतमा...

सल्लेरी : स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो । विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी नीलगिरि निर्माण सेवाले रु दुई करोड ३८ लाख तीन हजार ५३ को लागतमा जिम्मा लिएको थियो। निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । आफू कार्यालयमा आएदेखि सबैसँग समन्वय गर्दै ताकेता गरेपछि निर्माणले निरन्तरता पाएको उनको भनाइ छ । भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको…

विस्तृतमा...

काठमाडौं :  चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको  छ। नेपाल मेडिकल काउन्सिलले गत सोमबारदेखि सञ्चालन गरेको परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका हुन् । काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षा दिन एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फारम भरे पनि परीक्षामा १ हजार ३५६ जना मात्रै सहभागी भएका थिए । उनीमध्ये ७५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै बीडीएस तर्फ ३०१ जनाले परीक्षाका लागि फारम भरे पनि २९९ जना मात्रै परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । काउन्सिलले वीडीएसमा दुई जना परीक्षामा अनुपस्थित रहेको जनाएको छ ।

विस्तृतमा...

काठमाडाैँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले हिजाे वीर अस्पतालमा छड्के अनुगमन गरेका थिए । मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए । मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए । अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव…

विस्तृतमा...

काठमाडौं : नेकपा एमालेले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री यादवलाई भेटेर १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमा एमाले नेतृत्वमा रहेको सरकारले शुरु गरेका तर हाल सुस्त गति वा स्थगित भएका कार्यक्रमलाई अघि बढाउन भनिएको छ । यस्तै स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगबाट सुचारू गर्नका लागि उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्यकर्मी पहिचान लगायत समयमा सेवा शुल्क भुक्तानिकालागि तत्काल प्रक्रियागत ढिलाई र कानुनीरुपमा रहेका जटिलतालाइ हल गरी सेवाको सुनिश्चितताको लागि समेत अनुरोध गरिएको छ ।

विस्तृतमा...

काठमाडौं : सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ । ‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। मङ्गलबार प्रतिकार्य योजनाले पूर्णता पाएको हो । प्रतिकार्य योजनामा विपद् भइहालेमा स्थानीय पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी एक्सन टिम तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरिएको उनले बताए । अहिलेसम्म लूका विषयमा खास पूर्वतयारीका काम हुन नसकिरहेका बेला यसपालि प्रतिकार्ययोजना नै तयार पारी लागू गरिएको हो…

विस्तृतमा...