Aricle Tech

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा गरी तीन अर्ब ५९ करोड २७ लाख आठ हजार रुपैयाँ बेरुजु देखिएको छ । सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएकाे छ, ‘सरकारी कार्यालयतर्फ १७ निकायमा रू. २१ करोड ५१ लाख ४५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ८ निकायले रू. १ करोड २१ लाख ९६ हजार फस्र्योट गरेकोले रू.२० करोड २९ लाख ४९ हजार बेरुजु बाँकी…

विस्तृतमा...

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३८ (२) अनुसार अध्ययन बिदामा जाने व्यवस्था छ । त्यसरी बिदामा जाँदा चिकित्सकले सम्झौताअनुसार काम नगरेमा अध्ययन गर्दा लाग्ने पूर्ण शुल्कको दोब्बर रकम जरिवाना असुल गर्नुपर्ने ऐनमा उल्लेख छ ।तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सक पिरियोडन्टिस् विषयमा एमडी अध्ययन गर्न अध्ययन विदामा जाँदा सम्झौता अनुसार कार्य नगरेको पाइएको छ ।उनले सम्झौतामा अनुसार १ वर्ष सुगम र १ वर्ष दुर्गममा सेवा नगरी राजीनामा पेस गरेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखाले कबुलियतनामा अनुसार उनीबाट शुल्क रकमको दोब्बर ४७ लाख ६४ हजार असुल गर्न भनेको छ ।

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन अनुसार विभागले खरिद गरी विभिन्न अस्पतालमा उपलब्ध गराएको उपकरण प्रयोगविहिन अवस्थामा रहेको पाइएको हो । स्वास्थ्य सेवा विभागले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई उपलब्ध गराएको १ करोड ३० लाख मूल्यको ७ थान हेमोडाइलासिस मेसिन, कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजारको १० थान वाइपाप मेसिन र ७४ लाख ८२ हजारको २ थान भेन्टिलेटर मेसिन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा हस्तान्तरण भएको १० करोड ६९ लाख १ हजारको ४५ थान भेन्टिलेटर सहितका उपकरण प्रयोगमा…

विस्तृतमा...

काठमाडाैं : स्वास्थ्य नीति, २०७६ अनुसार सरकारले नागरिकका लागि अत्यावश्यक औषधी निःशुल्क उपलब्ध गराउने उल्लेख छ । नेपाल सरकारलेआधारभूत स्वास्थ्य सेवा अन्तर्गतत ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भनेको छ ।तर, नेपालका कतिपय स्वास्थ्य संस्थामा ती औषधीको मोज्दात शुन्य रहेको पाइएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार २६४ संस्थामा सिटामोल, ३५३ संस्थामा अलबेण्डाजोल, ७१६ संस्थामा भिटामिन ए क्याप्सुल, ७२१ संस्थामा एमोक्सोलिन, ५३४ संस्थामा नाभी मलम र ३८० संस्थामा जीवनजलको मौज्दात शुन्य रहेको पाइएको छ ।स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहूँदा निःशुल्क औषधी वितरण सम्बन्धी सरकारको नीति प्रभावकारी कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।

विस्तृतमा...

काठमाडौँ : नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो । सो अवधिमा ३५ हजार ४३ एचआईभी सङ्क्रमितलाई एण्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा…

विस्तृतमा...

काठमाडाैं : नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ। यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रतिशत छन् । सोही अवधिमा १ लाख २२ हजार ३ सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसंख्यामा १.२० चिकित्सक…

विस्तृतमा...

काठमाडौं : आइतबार दिउँसो काठमाडौंमा केहीबेर वर्षा भएको थियो । सोही वर्षाको पानी देशकै ठुलो अस्पताल वीरको परिसरमा जमेको छ । अस्पतालभित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् । बिरामी र सेवाग्राहीले खचाखच भरिएको अस्पतालल स्तरोन्नति हुन नसक्दा पानी परेको बेला बिरामी समेतले सास्ती भोग्नु परेको छ । जमेको फोहोर पानी अस्पतालभित्रै पुग्दा विरामी मारमा परेका हुन् ।

विस्तृतमा...

धनगढीः कैलालीकाे धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र १२ मा गरिएको क्यान्सर स्क्रिनिङ शिविरबाट ४७२ जना लाभान्वित भएका छन् । धनगढीमा महानगरपालिका र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा सञ्चालित क्यान्सर स्क्रिनिङ शिविरमा ४७२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जेठ ११ गते धनगढी–११ जुगेडा र १२ गते धनगढी–११ घोड्सुवामा क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरिएको हो । सहरी स्वास्थ्य सेवा केन्द्र घोड्सुवामा सञ्चालन भएको निःशुल्क क्यान्सर हेल्थ क्याम्पमा २०४ महिला २२ पुरुष गरी जम्मा २२६ जनाले सेवा प्राप्त गरेका छन् । जसमा ९० जनाले भिडियो एक्सरे सेवा, ९० जनाले पाठएघरको मुखको क्यान्सरको परीक्षण सेवा प्राप्त गरेका छन् । धनगढी–११ घोड्सुवामा…

विस्तृतमा...

कञ्चनपुर :  नेपाल–भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत ६ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेमराज जोशीले बताए । यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन, उनले भने, ‘माथि मन्त्रालयले संशोधन गरेर भए…

विस्तृतमा...

कैलाली : सेती प्रादेशिक अस्पतालमा कार्यरत डा निराजन दत्त शर्माले औषधी व्यवसायीलाई धम्की दिने र गालीगलौच गर्ने गरेको आरोप लगेको छ । गरिमा पोलिक्लिनक, साह फार्मेसी र गरिमा डेन्टलका सञ्चालकसमेत रहेका डा शर्माले थोक औषधी व्यवसायीहरुलाई ज्यान मार्ने धम्की दिने गरेकोसमेत आरोप लागेको हो । ‘डा निराजन दत्त शर्माले थोक औषधी व्यवसायीहरुसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन किन रोक लगायौं भन्दै तथानाम गाली गर्ने, हकार्ने, तिमीहरुलाई चाहेमा जे पनि गर्नसक्छु, तिम्रा घर परिवारलाई अपहरण गर्न सक्छु, तिमीहरुलाई गुण्डा लगाएर जे पनि गर्न सक्छु भनि विगत २/३ महिनादेखि धम्काउँदै मानसिक यातना दिइ आएकाे भन्दै यस नेपाल औषधी व्यवसायी संघ जिल्ला…

विस्तृतमा...