

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा गरी तीन अर्ब ५९ करोड २७ लाख आठ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएकाे छ, ‘सरकारी कार्यालयतर्फ १७ निकायमा रू. २१ करोड ५१ लाख ४५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ८ निकायले रू. १ करोड २१ लाख ९६ हजार फस्र्योट गरेकोले रू.२० करोड २९ लाख ४९ हजार बेरुजु बाँकी रहेको छ । सोमध्ये रू. २ करोड ३२ लाख ९६ हजार म्याद नाघेको पेस्की रहेको छ । यससम्बन्धी विवरण अनुसूची १५ मा छ ।
सङ्गठित, अन्य संस्था र समिति २९ तर्फ रू.३ अर्ब ५५ करोड ८५ लाख बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १० निकायले रू. १६ करोड ८७ लाख ४१ हजार फस्यौंट गरेकोले रू. ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बाँकी रहेको छ । सोमध्ये रू. ४३ करोड ८३ लाख १५ हजार म्याद नाघेको पेस्की रहेको छ । यससम्बन्धी विवरण अनुसूची १६ मा छ ।’


