Aricle Tech

कैलालीको गेटामा रहेकाे शहीद दशरथ चन्द मेडिकललाई विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएकाे छ । । अर्थमन्त्री  वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्ताे बताएका हुन् ।

विस्तृतमा...

काठमाडाैं : आज मे २८ अर्थात् विश्व रक्त क्यान्सर दिवस । यो दिवस विश्वभरी रक्त क्यान्सर विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ । दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर अन्तर्गत हेम्याटोलोजी विभागले रक्त क्यान्सरको शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गरेको छ । हेम्याटोलोजी विभागका प्रमुख, कन्सल्टेन्ट क्लिनिकल हेम्याटोलोजिस्ट डा अमित श्रेष्ठ भन्छन्-    ‘पहिला नेपालमा  ब्लड क्यान्सरको उपचार असम्भव मानिन्थ्यो भने अहिले  हेम्याटोलोजी क्षेत्रमा आधुनिक प्रविधिको विकास भएसँगै विभिन्न किसीमका ब्लड क्यान्सरका रोगहरुको गुणस्तरीय  उपचार नेपालमै सम्भव हुनथालेको छ ।  प्रारम्भिक चरणमै निदान, परीक्षण र उपचार हुन सकेमा  रक्त क्यान्सरका बिरामीहरुले पनि एउटा स्वस्थ जीवन…

विस्तृतमा...

काठमाडौं :  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ उनले त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनले बताएका छन् ।

विस्तृतमा...

काठमाडौँ : नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन् ।

विस्तृतमा...

काठमाडौँ : हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रूपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रूपमा सम्मानित हो । नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ । भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले…

विस्तृतमा...

कैलाली : कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो । नवनिर्मित भवन खैराला स्वास्थ्यचौकी भवन सोमबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको उक्त आठकोठे भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसीले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष बोगटीले भवन अभावले विगतमा सेवा प्रवाहमा समस्या भइरहेकामा अब सहज हुने विश्वास व्यक्त गरे । उनले…

विस्तृतमा...

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा यही आइतबार आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए, त्यसपछि तीन सभाकक्षमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिए । अन्त्यमा समापन सत्र, प्रमाणपत्र वितरण र फोटोसेसनसहित सम्पन्न भएको सङ्गोष्ठी बिहान ९ बजे सुरु भई साँझ साढे ६ बजे सम्पन्न भयो । डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय,…

विस्तृतमा...

काठमाडाैं : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन अनियमितता भएको ठहर गरेकाे छ । ‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३’ को दफा २१ मा कुनै पनि कर्मचारीलाई एक वर्षमा ३० दिनभन्दा बढी काजमा नखटाइने उल्लेख छ । तर, वर्ष दिनसम्म काजमा खटाइको महालेखाको प्रतिवेदनले जनाएकाे छ । ‘कर्मचारी समायोजन ऐन, २०७५’ को दफा १३ मा समायोजन भएका कर्मचारी बाटोको म्यादबाहेक २१ दिनभित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवामा अनिवार्य रूपमा हाजिर हुनुपर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालय र अन्य निकायबाट प्राप्त विवरणअनुसार कर्मचारी समायोजन ऐन, २०७५ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका…

विस्तृतमा...

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै आएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो । सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड दिँदै आएको सेती अस्पतालले एमआरआई सेवा सुरु गरेको छ। सरकारी अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यता थियो। अस्पतालले एमआरआई मेसिन खरिद गरेर सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर एमआरआई गर्नुपर्ने बाध्यता हट्ने भएको छ । ‘हामीले हिजोदेखि पूर्णरुपमा एमआरआई सेवा…

विस्तृतमा...

भरतपुर : गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । खोप अभियान स्थगित अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप…

विस्तृतमा...