काठमाडौँ : बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए । द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ । भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने…
Aricle Tech
कैलाली : कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो । वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन् । “गर्मीले पढ्नै सकिँदैन,’ उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेन्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेन्च पनि तातेका हुन्छन् ।’ दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो…
काठमाडौं : तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म)…
काठमाडौँ : सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ लागिको बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन् । जसका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको छ ।
काठमाडौं : सरकारले निर्माणाधिन आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गर्न १५ अर्ब ४१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निर्माणाधिन आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड बजेट विनियोजन गरेको बताएका हुन् । उनले निर्माण सम्पन्न भएका ५, १० र १५ शय्याका आधारभूत अस्पतालको विधि तय गरी सञ्चालन गरिने बताए ।
काठमाडौं : सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ । उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, ‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत सहुलियत कर्जा उपलब्ध गराइनेछ।’ यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गाँजाको व्यवसायिक उत्पादन गरिने बताएका छन् । ‘औषधीय प्रयोजनका लागि गाँजाकाे व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइनेछ,’ उनले प्रस्तुत गरेकाे बजेट वक्तव्यमा उल्लेख छ । अधिकांश सांसद्हरूले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखिरहेका थिए । त्यस निम्ति बजेटमार्फत सम्बोधन हुनुपर्ने र कानूनमा आवश्यक संशोधन गर्नुपर्ने उनीहरूको माग थियो । अमेरिकाको दबाबमा नेपालले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ल्याई गाँजा खेतीमा प्रतिबन्ध लगाएको थियो । चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि सरकारले गाँजाको खेतीको सम्भाव्यता खोज्ने जनाएको थियो । तर हालसम्म ठोस कदम चालेको छैन ।
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । चालु आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख छुट्याएको थियो ।
काठमाडौँ : सरकारले स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।
काठमाडौं : सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ । उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, ‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’ यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ।

