काठमाडौं : निजामति कर्मचारी अस्पतालले नवौंदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ। शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायकलगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले असार ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १३ गतेसम्म अस्पतालको वेभसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् । सूचनाः
Aricle Tech
डडेल्धुरा : हावाहुरीका कारण रुख ढलेपछि डडेल्धुराको अमरगढी नगरपालिका–३ रोडङामा रहेको सामुदायिक स्वास्थ्य युनिटमा क्षति भएको छ । बिहीबार दिउँसो चलेको हावाहुरीका कारण सल्लाको काँचो रुख ढल्दा भवनमा क्षति भएको वडाअध्यक्ष तिर्थबहादुर ऐरले बताए । उनले क्षतिबारे स्वास्थ्य इकाई र प्रहरीलाई खबर गरेको जानकारी दिए । ‘मान्छे पठाएर म आफैं त्यहाँ जान लागेको छु । अहिले क्षतिको पूर्ण विवरण आइसकेको छैन’ उनले भने । उक्त घटनामा मानवीय क्षति भने भएको छैन ।
दाङ : अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए । दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । देउखुरीको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने सूचना जारी गरेको…
काठमाडौँ : सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएकाे हाे । अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप खाेप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए । “कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ । अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ”, उनले भने, “महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । अहिले नयाँ भेरियन्ट पनि देखिएको छ ।…
काठमाडौँ: नेपाल प्रहरी अस्पताल महाराजगन्ज र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबिच न्युरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरुङले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे…
बारा: प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् । सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका छन् । केही बिरामी स्थानीय नेताको घरमा सिफारिस लिन जाने गरेका छन् । प्रदेश सरकारबाट १५ दिनसम्म पुग्ने रेबिजविरुद्धको भ्याक्सिन कलैया अस्पतालमा आउने गरेको छ । जिल्लाको एक मात्र प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन न्यून मात्रामा आउने गरेको स्टोर फाँटका कर्मचारी बताउँछन् । केही दिनअगाडि अस्पतालले सेवा सुविधा राम्रो दिन थालेपछि बिरामीको चाप बढेको थियो । अस्पतालमा माग अनुसार भ्याक्सिन आउने नसकेकाे ड्रेसिङ फाँटका कर्मचारी महालालप्रसाद यादवले बताए । गर्मी बढेसँगै…
काठमाडौँ : नेपालले सुदृढ स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदाय एवम् सहायता निकायको भूमिका महत्त्वपूर्ण हुने बताएको छ । जेनेभामा जारी ७७औँ विश्व स्वास्थ्य महासभालाई मङ्गलबार सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले महामारी नियन्त्रण, पूर्वतयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पनि सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा उपयोगी हुने बताउनुभएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ । मन्त्री यादवले बितेका दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका प्रगतिबारे जानकारी दिँदै विभिन्न खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सन्तोष व्यक्त गरे । यद्यपि उनले असमान स्वास्थ्य सेवा तथा सुविधाप्रति चिन्ता व्यक्त गर्दै त्यो अन्त्य हुनुपर्नेमा जोड दिए। नेपालको…
काठमाडौँ : परिवार कल्याण महाशाखाले पाँच मात्राको आइपिभी खोप भायलमा बाँकी रहेको खोप प्रयोग गर्न निर्देशन दिएको छ । महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा.अभियान गौतमले ७७ वटा जिल्लाका स्वास्थ्य कार्यालय, जनस्वास्थ्य कार्यालय स्वास्थ्य सेवा कार्यालयलेमा पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् । सरकारले यही जेठ १३ देखि २६ गतेसम्म २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका करिब १४ लाख बालबालिकालाई लक्षित गर्दै पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियानमा खोप भायलमा पाँच मात्राभन्दा बढी भएको बाँकी रहेको खोप प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा द्विविधा भएकाले यस्तो निर्देशन दिएको डा.गौतमले जानकारी दिए । डा.गौतमका अनुसार…
काठमाडाैं: भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरु तोडिरहेको छ । मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५० दशमलव ५ डिग्री थियो । यसअघि राजस्थानको फलोदी लगातार तीन दिनसम्म देशकै सबैभन्दा तातो शहर बनेको थियो । यहाँको तापक्रम शनिबार ५० डिग्री, आइतबार ५१ डिग्री र सोमबार ४९ दशमलव ४ डिग्री रहेको थियो । मंगलबार यहाँको तापक्रम ४९ डिग्री थियो । मंगलबार राजस्थानमा गर्मीका कारण १६ जनाको मृत्यु भएको छ । राज्यमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मंगलबार राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, दिल्लीलगायत १२…
कैलाली : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो । भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो । भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिइकी थिइन् । तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो । आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ…

