चितवन : चितवनस्थित संघीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो । यसअघि नीति तथा कार्यक्रममा संघीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए । अस्पतालको जग्गामा रहेको सीटीईभीटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सीटीईभीटीमा पत्राचार भइसकेको बताए । लामो प्रयासपछि चिकित्सा शिक्षाको…
Aricle Tech
नयाँ दिल्ली : गर्मी सहनै नसक्ने भएपछि मानिसहरू राहतका लागि जुस र चिसो पेयतिर लाग्छन् । जुसमा पनि धेरैको रोजाई सस्तो हुने भएकोले उखु नै रोज्छन् । यसैबिच भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले उखुको जुसबारे नयाँ चेतावनी जारी गरेको छ । उखुको जुसमा उच्च मात्रामा चिनी पाइने भन्दै स्वास्थ्यको दृष्टिले कम उखुको जुस खान भनिएको छ । स्वस्थबद्र्धक खानपिन व्यवहारलाई बढवा दिन हालै आईसीएमआरले राष्ट्रिय पोषण संस्थान (निन)सँग मिलेर १७ ओटा नयाँ निर्देशिका जारी गरेको थियो । उखुको जुसमा गुलियोको मात्रा अत्यधिक मात्रामा हुने निर्देशिकामा भनिएको छ । हरेक सय मिलिग्राम उखुको जुसमा १३ देखि १५ ग्राम चिनी हुने बताइएका…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् । सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यी समस्यालाई हल गर्न समिति गठन भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अतिरिक्त स्वास्थ्य सचिव डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा. मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् । प्रवक्ता बुढाथोकी अनुसार समितिले अध्ययन प्रतिवेदन २ हप्ताभित्र पेस गर्नुपर्नेछ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गर्नेछ ।
काठमाडौं, १८ जेठ । हड्डी तथा मांसपेशीमा हुने सार्कोमा क्यान्सरको उपचारका क्रममा अंगभंग हुनबाट जोगाउने इन्डोप्रोस्थेटिक सर्जरीलाई सुलभ र विपन्नको पहुँचमा पुर्याउन सरोकारवालाले जोड दिएका छन् । १ सयवटा इन्डोप्रोस्थेटिक शल्यक्रिया सम्पन्न गरेको अवसरमा शुक्रवार ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरमा आयोजित कार्यक्रममा अस्पतालका हाडजोर्नी तथा मांसपेशीका शल्यचिकित्सक डा. जनित सिंहले नेपाल क्यान्सर अस्पताल र विभिन्न अस्पतालमा गरि टिम सार्कमा रहेका ८ जना शल्यचिकित्सकले विगत ९ वर्षमा यस्ता दुर्लभ १ सय वटा शल्यक्रिया सम्पन्न गरेको जानकारी दिए । किशोरावस्थामा धेरै देखिने र कम मानिसलाई हुने ओस्टियो सार्कामाले मानिसको हड्डी मक्काउने र विस्तारै क्यान्सर मांसपेशी र अन्य अंगमा समेत सर्ने…
काठमाडौं : सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा उत्कृष्ठ कार्य गर्ने ६ जना तथा संस्थालाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ । शुक्रबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यक्रम गरी उनीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा संस्थागततर्फ हेल्थ नेपाल प्रालिका तर्फबाट भिषा काफ्ले, व्यक्तिगत तर्फ डीबी खड्का (स्वास्थ्य खबर पत्रिका), अतुल मिश्र (बरिष्ठ पत्रकार), नेपाल टेलिभिजनमा कार्यरत नीता सापकोटा रहेका छन् । यस्तै डा विनोदविन्दु शर्मा सचिव सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका र सुनील शर्मा प्रमुख किटजन्य रोग नियन्त्रण प्रयोगशाला हेटौडा रहेका छन् । पुरस्कारमा जनही ५० हजार रुपैयाँ र कदर पत्र रहेको छ ।
काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारततिर लागेका छन् । उनी श्रीमती सिर्जना सिंह र छोरासहित शुक्रबार दिल्ली उडेका छन् । उनीलाई प्रोष्टेटको समस्या रहेकाे बताइएकाे छ । नेपालमा बसेर उपचार गरिरहेका उनी डाक्टरहरूकै सिफारिसमा दिल्ली गएको कांग्रेस नेता युपी लामिछानेले बताए । पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए ।
काठमाडौं : मुलुककै सबैभन्दा जेठो र ठूलो अस्पताल मानिएको वीर अस्पतालमा हुने गरेको भ्रष्टाचार र अनियमितता पछिल्लो समय झन् मौलाउँदै गएको छ । लामोसमयदेखि भ्रष्टाचार अनियमितताको थलो बन्दै आएको वीरको अनियमितताविरुद्ध केही कर्मचारीहरुले आवाज उठाएका छन् । वीर अस्पतालका कर्मचारीहरुले भ्रष्टाचार र अनियमितताबारे प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्पत्ति शुद्धिकरण विभागमा समेत अनुसन्धान, छानबिन र सजायको माग गरेका छन् । पछिल्लो समय वीर अस्पतालको मेडिकल स्टोर, जनरल स्टोर, खरिद एकाई, अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता देखिएको भन्दै छानबिनको माग गर्दै उजुरी दिइएको हो । वीर अस्पताल फार्मेसीमा स्वास्थ्य विमालगायतको औषधीहरु नभएको जनाइएको छ…
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना टिम डाक्टरलाई समावेश गरिएको छ। डाक्टरनै नलगेर अमेरिका पुगेको टीममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन् । उनी हाल अमेरिकाकै सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत रहेका छन् । डाक्टर नलगेपछि टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएकाे थियाे । त्यसैले नेपाल क्रिकेट संघ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको छ । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको हाे ।
कैलाली : कैलालीको चुरे गाउँपालिका स्वास्थ्य इकाइ केन्द्र निर्माणमा विवाद भएको छ । जिल्लाको चुरे गाउँपालिका–६ मा बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्र निर्माणको विवाद अदालतसम्म पुगेको हो । जिल्ला अदालत, कैलालीले बुधवार चुरे गाउँपालिका–६ ओखल ढुङ्गामा केन्द्र निर्माण नगर्न अन्तरिम आदेश दिएको छ। चुरे गाउँपालिका–६ शान्ति नगरमा रहेको केन्द्रको सेवा ओखल ढुङ्गा सार्न खोजिएको भन्दै स्थानीय पुरन सिजापति मगर र भक्तबहादुर बोहराले अदालतमा निवेदन दिएका थिए । उनीहरूको निवेदनको आधारमा बिहिवार काम रोक्न जिल्ला अदालत, कैलालीले अन्तरिम आदेश दिएको छ। आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए, सो को आधार, प्रमाणसहित…
नेपालगञ्ज : अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए । उनले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार ७ सय ५ बालबालिकालाई आइपीभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियानअन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार ३ सय ३५ बालबालिकालाई खोप दिइसकिएको बताए…

