

काठमाडाैं : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले हिजो (आइबार) प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सुदूरपश्चिम सरकारले कमैया, कमलरी र हलियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने विषय पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारकाले कमैया कमलरी हलियालाई सीमान्तकृत वर्गका विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ ।
गरिब, विपन्न, शहीद बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया कमलरी हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस विषय अध्ययन गर्न छात्रवृत्ति दिइने विषयमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा राखिएको छ ।


