

नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो ।
लामोसमयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत सुर्खेतका विभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि वास्तविक रोग भने भेरी अस्पतालमा आएपछि मात्र पत्ता लागेको पीडितका छोरा ललित शर्माले दिनुभएको जानकारी दिइन् ।
पश्चिम नेपालको इतिहासमा नै दूरबिन प्रविधिबाट पहिलो पटक आन्द्रको क्यान्सरको जटिल अवस्थाको सफल शल्यक्रिया भएको भेरी अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रिक तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्ण मोहन अधिकारीले बताए ।
भेरी अस्पतालमा पहिलो पटक गरिएको सो शल्यक्रियामा जनरल सर्जन डा.सन्तोष सिर्पाली र कमर हसन अन्सारी, एनेस्थेसिस्ठ डा. पारस पाण्डेलगायतको सहभागिता रहेको थियो ।



