काठमाडौं : काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिए। सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो।
Aricle Tech
धनगढी : सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन् । उनीहरू दुवैकाे घरमै उपचार भइरहेकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुताेष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टाेलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएकाे हाे । थप ४ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे पनि उनले बताए । यसअघि पनि पशुपति टाेलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएकाे थियाे ।
काठमाडाैं : नेपाल क्यान्सर अस्पतालले ‘विश्व हेड एन्ड नेक क्यान्सर दिवस’का अवसरमा एक दिने कार्यशाला आयोजना गरेको छ । २७ जुलाईमा मनाइने साे दिवसकाे अवसरमा आयोजना भएकाे सीएमई कार्यशालामा राजीव गान्धी र अमृता अस्पतालका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले क्यान्सर उपचारको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्दै हस्पिटलका अध्यक्ष डा। सुदिप श्रेष्ठले पछिलो समय नेपालमा क्यान्सरको उपचारमा पहुँच बढेसँगै क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको बताए । त्यस्तै हेड एण्ड नेक ओन्कोलोजी युनिटका प्रमुख डा प्रभातचन्द्र ठाकुरले टाउको र घाँटीको क्यान्सर उपचारको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा हेड एण्ड नेक क्यान्सर तथा त्यसको उपचार विधि र अभ्यासबारे डा. सुब्रनिया अय्यर, डा. सुदीप…
काठमाडौं : आज विश्व हेपाटाइटिसविरुद्धको दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ। यो वर्ष ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ। हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म गरी पाँच प्रकारका हुन्छन् । तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुने गर्छ । ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु…
कास्की : पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ । दन्त विभागमा अस्थायी–स्थायी रूपमा दाँतसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अस्पतालले बहिरङ्ग (ओपीडी), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी, युएसजी र इसिजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो । दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एकजना पिसिएल डेन्टल हाइजिनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्राडा दीपेन्द्रकुमार यादवले जानकारी दिए । शिक्षण अस्पताल सरकारी भएकाले…
चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो । परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नति गरिएको छ । फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उनले बताए । चिकित्सक थाओले भने, “विगतमा थोरै उपकरणले सेवा दिँदै आएका थियौँ, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार…
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताए । उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए । उनले वीर अस्पतालले प्रभावकारी सेवा…
कैलाली : क्षतिपूर्ति दिने सहमति भएपछि धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझ्न तयार भएको छ । जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन् । मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ । मृतकका मामा फूलाराम चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति…
काठमाडौँ : स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।’ हैजा…
चितवन : चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ। उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार…

