

काठमाडौं : देशभर २० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो ।
गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।



