Aricle Tech

नवलपरासी- पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका अधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी…

विस्तृतमा...

काठमाडौं– जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झण्डै एक वर्षपछि भेटिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ । साथै एक्लोपन पनि गम्भीर समस्याको रुपमा आएको छ । जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ । राष्ट्रिय प्रहरी एजेन्सीको…

विस्तृतमा...

हामीले प्रतिदिन नुन खाइरहेका हुन्छौं । हाम्रो भान्सामा खानाको स्वाद बढाउनको लागि नुनको प्रयोग गरिन्छ । धेरै नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । सकेसम्म नुन कम खाने बानि गर्नुपर्छ । नुन कम खानुपर्छ भन्ने बित्तिकै हाम्रो बानी के हुन्छ भने खानेकुरामा पानी थप्ने अनि सबै खाने कुरा खाने गर्छौं । यसो गर्दा नुनको मात्रा घट्ने होइन । हामीले खाने खानाको मात्रा बढेर हाम्रो जिब्रोलाई नुन कम भएको महसुस भएको मात्र हो ।४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड मिलेर नुन बनेको हुन्छ, जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । हामीले प्राय १०-१२ ग्राम नुन प्रतिदिन खाने गर्छौं । डब्लुएचओले…

विस्तृतमा...

काठमाडौं- साधारणतया लामो समयसम्म ब्रस नगरेको अवस्थामा वा लसुन, प्याज, मुला जस्ता बास्ना आउने खानेकुरा खाएको अवस्थामा सबै मानिसमा श्वास गन्हाउँने समस्या हुन्छ । तर यस्तो खानेकुरा केही खाएको छैन र ब्रस पनि गरिरहेको अवस्थामा केही व्यक्तिमा श्वास गन्हाउँने समस्या हुन्छ । यो कुनै ठुलो रोगको लक्षण पनि हुनसक्छ । डाक्टरी भाषामा श्वास गन्हाउने समस्यालाई ह्यालियोसिस भन्ने गरिन्छ । श्वास गन्हाउने कारण-गिजामा समस्या भएमाः गिजामा समस्या भएमा गिजा सुन्निन्छ र दाँत र गिजाको बिचामा खाली भाग हुन्छ । त्यसमा हामीले खाएका विभिन्न खानेकुरा अड्किएर त्यहीँ कुहिन्छ अश्वास श्वास गन्हाउने हुन्छ । – दाँतमा किरा लागोको अवस्थामाः हाम्रो दाँतमा किरा लागेपछि…

विस्तृतमा...

बागमती- विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको सङ्ख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताए । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो । घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान…

विस्तृतमा...

काठमाडौं- इजरायली सेना र प्यालेस्टिनी लडाकु समूह हमासले गाजा पट्टीका लगभग ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन, क्षेत्रगत रुपमा गरी तीन दिनकालागि, सीमीत संघर्ष बिराम गर्न सहमति जनाएका छन् । प्यालेस्टिनी क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी रिक पिपरकोर्नले खोप अभियान यही आइतबारबाट सुरु हुने बताएका छन् । खोपकालागि स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि संघर्ष विराम गर्ने सहमति भएको उनले जानकारी दिए । सहमति अनुसार शुरुमा मध्य गाजामा तीन दिनकालागि अस्थायी रुपमा लडाई राोकिने छ र सो अवधिमा बालबालिकालाई खोप दिइनेछ । त्यसपछि खोप अभियान दक्षिणी गाजामा सर्नेछ, जहाँ अर्को तीन दिनकालागि…

विस्तृतमा...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बाए । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे । “म हिंसा गर्दिन, म असत्य बोल्दिन, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिन, भ्रष्टाचार गर्दिन भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य…

विस्तृतमा...

तनहुँ – तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो । सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०-८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१-८२ मा सुरु गरिएको बरालको भनाइ छ । शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा,…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) आधिकारिक फेसबुक पेज ह्याक भएको छ । यहि भदौ ३ गतेबाट उक्त फेसबुक ह्याक भएर अन्य व्यक्तिको कब्जामा गएको देखिन्छ । ३ गतेबाट उक्त फेसबुकमा अश्लील तथा अर्धनग्न सामग्रीहरु लगातार पोष्ट भइरहेको छ । उक्त पेज २६ हजारले लाइक गरेका छन् भने सो पेजका २७ हजार फ्लोअर छन् ।

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा आयोगले मेडिकाल ऐजुकेसन स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१/०५/१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको हो ।

विस्तृतमा...