

काठमाडौं- कन्फेडरेसन अफ मेडिकल एसोसिएसन इन एसिया एण्ड ओसियानिया (सिएमएएओ) को सन् २०२५-२०२६ को अध्यक्ष पदमा डा.अनिल विक्रम कार्की निर्वाचित भएका छन् ।
एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको माहासंघ ‘कन्फिडिरेसन अफ मेडिकल एसोसिएसन्स इन एशिया एण्ड ओशियानिया’ को ३८ औं साधारण सभा र ५९ औं परिषद् बैठकले नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
डा.कार्कीले सन २०२५ देखि सन २०२६ सम्म एक वर्षको लागि १२ वटा मेडिकल एसोसिएसन आवद्ध भएको परिसङ्घको अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।
‘सीएमएएओ’मा नेपाल मेडिकल एसोसिएशन सहित अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान र थाइल्याण्ड मेडिकल एसोसिएसन सहित १२ वटा मेडिकल एसोसिएशन आवद्ध छन् ।



