सामान्यतया महिला महिनावारी भएको केहि समयपछि डिम्बासयमा अण्डाको विकास हुन्छ । त्यो समयमा यौन सम्पर्क भयो भने शुक्रकीटसँग अण्डाको मिलन भइ भ्रूण बन्छ र गर्भ रहन्छ । तर यो समयमा शुक्रकिट र अण्डाको मिलन भएन भने गर्भ रहँदैन जसलाई बाँझोपन भनिन्छ ।
अहिले नेपालमा निःसन्तान वा बाँझोपनबाट धेरै दम्पति पीडित भइरहेका छन् । निःसन्तान दम्पतीले सन्तान प्राप्तिको लागि कृत्रिम प्रकृयाबाट गर्भधारण गर्नसक्छन्, त्यस प्रकृयालाई आइभिएफ अर्थात इन भिटो फर्टिलिटी भनिन्छ । नेपालमा यसलाई कतिपयले टेस्टट्यूव बेबीपनि भन्ने गरेका छन् ।
यो एक गर्भाधारण गराउने मानव निर्मित प्रविधि हो, जसमा भ्रुण ल्याबमा सिर्जना गरेर महिलाको पाठेघरमा राखिन्छ ।अप्राकृतिक वा कृत्रिम तरिकाबाट बच्चा जन्माउनु वा गर्भाधारण गर्नु आइभिएफ हो । यसमा प्रयोगशालाको प्रयोग गरेर बच्चा जन्माउने वा गर्भाधारण गर्ने गरिन्छ ।
यसमा माहिलाको अण्डा र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा राखेर बच्चाको भ्रुण बनाईन्छ । यसरी बनेको बच्चा वा भ्रुणलाई स्टोर गरेर पनि राख्न सकिन्छ ।
यसमा महिनावारी भएको दुई दिनदेखि हर्मोनको परीक्षण गरिन्छ । त्यसपछि नौ दिनसम्म हर्मोन मिलाउन वा सकृय बनाउनको लागि इन्जेक्सन लगाइन्छ । समय समयमा अल्ट्रासाउण्ड गरेर अण्डाको अवस्था परीक्षण गरिन्छ ।
यो समयमा इन्जेक्सन दिएर डिम्वबाट धेरै अण्डाको विकास गराएर अण्डा झिकिन्छ । जब अण्डाको आकार १८-२० एमएम जति भइसकेपछि अल्ट्रासाउण्डद्वारा निडलको सहयोगले त्यो अण्डा बाहिर निकालिन्छ । यसरी निकाल्दा फोलिकनसँगै अण्डा भित्तामा टासिएर आउँछ ।
त्यसैबेला पुरुषको शुक्रकिट लिइन्छ र झिकिएको अण्डालाई ल्याबमा राखेर शुक्रकिटसँग मिलन गराएर भ्रुण बनाई त्यसलाई केही समय ल्याबमा राखेर महिलाको पाठेघरमा ट्रान्सफर गरिन्छ ।
यसरी गरिएको ट्रान्सफरमा पहिलो पटकभन्दा दोस्रो, तेस्रो पटक पोजेटिभ देखिने सम्भावना बढि हुन्छ । यदि पोजेटिभ देखिएन भने पाठेघरलाई दूरवीनको सहायताले के छ भनेर हेरिन्छ र पुनः आइभिएफ गरिन्छ ।
यसरी गरिएको गर्भाधान वा जन्माइएको बच्चा प्राकृतिक रूपमा जन्मिएको बच्चा जस्तै स्वस्थ हुन्छ । यो प्रविधिबाट गर्भधारण गर्ने महिलाले धेरै आराम गर्नुपर्छ भन्ने गरिएतापनि आराम धेरै गर्नेभन्दा सक्रिय जीवन जिउने महिलामा यो धेरै सफल भएको पाइएको छ ।
- भ्रुण राखेको ८-१० हप्ता पछी प्राकृतिक रूपमा गर्भधारण गरेको जस्तै महिलाको पाठघरमा बच्चा हुर्कँदै जान्छ । साधारण गर्भवति जस्तै आइभिएफ गरेका महिलाले पनि एक एक महिनामा परीक्षण गर्नुपर्छ । त्यस्तै सामान्यतया टिटानस खोप, आइरन र क्याल्सिमय खान दिइन्छ ।
आईभिएफबाट गरिएको गर्भधारणको नर्मल डेलिभरि पनि गर्न सकिन्छ । यसको प्रयोगबाट जन्मिएको बच्चा प्राकृतिक रूपमा जन्मिएको बच्चा जस्तै स्वस्थ हुन्छ । साधारणतया यो उपचार गर्नको लागि ४५ देखि ७५ दिन सम्म लाग्छ भने खर्च कम्तिमा २ लाखभन्दा माथि क्लिनीक हेरेर लाग्ने गर्दछ ।