डडेल्धुरा : डडेल्धुरा अस्पतालले करार सेवामा चिकित्सक भर्ना गर्न फेरि प्रक्रिया अगाडि बढाएको छ।
पहिलोपटक खोलेको विज्ञापनमा दरखास्त दिएका कोही पनि परीक्षामा सहभागी नभएपछि दोस्रोपटक विज्ञापन गरेर चिकित्सक भर्ना प्रक्रिया अगाडि बढाइएको हो ।अस्पतालले १४ जना डाक्टर भर्ना गर्नका लागि आवेदन माग गरेको हो। जसमा १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पताल प्रशासनले जनाएको छ।
स्वास्थ्य मन्त्रालयबाट स्विकृत दरबन्दी रिक्त रहेको र अस्पताल विकास समितिको साउन २२ गतेको निर्णयअनुसार करार सेवामा चिकित्सक भर्ना गर्न आवेदन खोलिएको जनाइएको छ।
इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ भने छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ।